संसारको सबैभन्दा उत्कृष्ट रचना हुन आमा : सर्वेन्द्र खनाल

काठमाडौं, २८ माघ । आमाको गरिमा यो संसारभरि नै ज्यादै विशाल एवं विस्तृत छ। आमाको महत्व र महता त्यति नै उच्च छ। वास्तवमा भन्ने हो भने आमाको ममत्वको उचाई सगरमाथा भन्दा उच्च छ। पृथ्वीभन्दा महान र विशाल छिन्, आमा । आमालाई ईश्वरको सबभन्दा उत्कृष्ठ रचना मानिन्छ । धैर्यता र प्रेमकी प्रतिमूर्ति हुन् आमा । सहनशीलताकी पनि खानी हुन् । आमाको महिमा जति गाए पनि कम हुन्छ नै सबैलाई ।

संसारको सबैभन्दा उत्कृष्ट रचना हुन आमा : सर्वेन्द्रको नजरमा सब थोक हुन् आमा । आमालाई परि भाषित गर्न नसकिने बताउने सर्वेन्द्र आमालाई संसारको उत्कृष्ट रचना मान्छन् । वि.स २०२३ वैशाख तनहुँको तनहुँसुरमा जन्मिएका थिए, सर्वेन्द्र । जागिरे बुबा केदारनाथ खनालसँगै काठमाडौंको पकनाजोलमा खनाल परिवार बसाई सरेपछि सर्वेन्द्रको बाल्यकाल काठमाडौंमा नै वित्यो ।

लैनचौरस्थित शान्ति विद्यागृहमा प्रवेशिका सम्मको अध्ययन गरेका उनी अमृत साइन्स क्याम्पस अस्कलबाट क्याम्पस जीवन पूरा गरेका थिए । २०४६ माघ २९ गते नेपाल प्रहरीको ९० औँ टोलीमा इन्स्पेक्टरबाट आफ्नो जागिरे जीवन शुरु गरेका गरेका थिए सर्वेन्द्रले । थप भिडियोबाट हेर्नुहोस.. भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्