डडेल्धुरा:डडेल्धुरामा रहेका कतिपय स्थानीयतहहरुले ग्रामीण भेगमा रहेका प्रचार प्रसारको अभावमा रहेका पर्यटकीय स्थलहरुको खोजी गरि प्रचार प्रसार गरे। तर सदरमुकमै रहेको अमरगढी नगरपालिकाले प्रचार प्रसारको अभावमा ओझेलमा परेका क्षेत्रहरुको खोजी कार्यलाई निरन्तरता दिन सकेनको छैन। सरकारले भ्रमण वर्षको शुभारम्भ गरेपनि डडेलधुराका कतिपय पर्यटकिय स्थलहरु भने अझै प्रचार प्रसारको अभावले पर्यटकको पखाईमा रहेका छन्।
ती मध्येको एक हो, जिल्ला सदरमुकाम नजिकै रहेको धार्मीक शक्तिपिठ त्रिपुरासुन्दरी (बुढि घटाल) मन्दिर। डडेल्धुराको अमरगढी नगरपालिका –२ मा रहेको प्रसिद्ध धार्मीक शक्तिपिठ त्रिपुरा सुन्दरी (बुढि घटाल) मन्दिर अहीले प्रचार प्रसारको अभावमा ओझेलमा परि रहेको छ । प्या’गोडा शैलीमा त्रिपुरा सुन्दरी (बुढि घटाल) मन्दिर निर्माण भएको छ । बुढी घटाल देवतालाई अति पावन स्थल मानिएको छ यो स्थल सदरमु कामबाट करिब २ कि.मि. टाढा डोटी खोलाको किनारामा महा भारत श्रीखंलाको फेदिमा रहेको छ।
किम्बदन्ति यस्तो छ
पौराणिक कालदेखी आफ्ना सधक भक्तजनहरूलाई इच्छित मुक्ति प्रदान गर्ने आदि शक्तिको रुपमा त्रिपुरा सुन्दरी(बुढि घटाल) नामले अति प्रख्यात रहंदै आएकी छन्। यिनै जगतमाताको नजिक रमणिय टाकुरामा परिपुर्णेश्वर महादेवको वाण लिङग वा शोव पञ्चायन का अति मोनमोहक देवताहरूको समेत स्थपना भई सुन्दरताको जिवन्त उदाहरण प्रस्तुत गरेको छन्।
अध्याशक्ति त्रिपुरा सुन्दरी (बुढि घटाल) जगतमाताको उत्पतीको विषयमा कहिलेदेखी उत्पति भएको हो भन्ने प्रमाण छैन । यथार्थ त्रिपुरा सुन्दरी माताको मुर्ति स्थपना भएको नभई स्वयंम उत्पति भएको कुरा निर्विवाद छ । जगतमाता को मुर्ति रहेको ठाँउमा धेरै वर्ष अगाडी कुनै मन्दिर नभएको कुरा बुढापाका बाट थाहा पाउन सकिन्छ।
माता त्रिपुरा सुन्दरी (बुढि घटाल)को मन्दिर निर्माण गराउने शिलशिलामा स्वामि माधवानन्द गिरी ज्युलाई स्वप्नामा माताले दर्शन दिनुभएको र मन्दिरको जग खन्दा प्राचिन मूर्तिलाई साविक स्थानमा सुरक्षित नै राख्ने त्यही मणियुक्त नागको दर्शन पाइन्छ। यस मन्दिरको बार्षिक पूजा आजा गर्ने परम्परा अर्थात मुर्ति उत्खनन नगर्ने आदेश भएको भनिन्छ।
त्रिपुरा सुन्दरी माताको मन्दिर परिसरभित्र एक मणीले युक्त भएको नाग रहन्छ । साधक परुषहरूका अनुसार आजसम्म पनि सारदिय नवरात्रि पर्वमा पूजापाठ ध्वनी आदि चल्दै आएको छ । माताको मन्दिर करिब ८० वर्ष अघि सिद्ध महात्मा माधवा नन्द स्वामिजिले निर्माण गराएको हुन्। यस धार्मिक तथा सामाजिक क्षेत्रको चारै तिर करिब ५७६ मिटर लम्बाई २ मिटर उचाईं तथा १÷२ मिटर चौडाईं भएको ढुङगाको ठुलो पर्खाल निर्माण गरिएको छ।
करिब ३० वर्ष देखि पूज्यपाद स्वामि दिगम्बर गौरी शंकरपुरी ज्यू महाराजको अखण्ड आश्रमको रुपमा सुप्रसिद्ध यस पवित्र देवस्थलमा अनेकौ प्रकारको धार्मिक सामाजिक कार्यक्रमका साथै विविध निर्माण कार्यहरू अविरल रुपमा प्रवाह भैरहेका छन्। कतै कतै त्यस ठाउँमा एक जना आईमाई घाँस काटीरहेको समयमा एक्कासि रगत बगेको र त्यो रगत कसरी बग्यो भनेर खोजी गर्दा एउटा शिला भेटीएको भन्ने भनाइ पनि बुढापाखाहरुबाट सुन्न सकिन्छ।
डोटी खोलाको दोभानमा रहेको ‘गोविघाट’
त्रिपुरा सुन्दरी (बुढि घटाल) मन्दिरबाट बगेर आउने खोला र महाभारत पर्वत श्रेणिबाट बगेर आउने डोटी खोलाको दोभानमा ‘गोविघाट’ रहेको छ । खोलाको विचमा एउटा समथर ढुङगामा गाई को खुट्टाको छाप रहेको छ । ढुङगामा गाईको खुट्टाको छाप रहेको कारणले यस क्षेत्रलाई ‘गोविघाट’ भन्ने गरेको स्थानीबासी बताउँछन्। ‘गोविघाट’ क्षेत्रमा बाह्रै महिना जमिनको मुनिबाट तातो पानी आइरहन्छ।
र तेही ठाउँमा एउटा सानोतलाउ छ। तेही तलाउको पानी त्रिपुरासुन्दरी (बुढि घटाल)को मन्दिरमा लगेर पुजाआजा गर्ने गरिन्छ। यस क्षेत्रमा स्नान गरे पुण्य कमाइने जनविस्वास रहिआएको छ। विशेष गरेर ‘गोविघाट’मा माघे संक्रान्तिका दिन र सुर्य ग्रहण तथा चन्द्र ग्रहण लागेपछि क्षेत्रका स्थानीयले स्नान गर्ने गरेका छन्। यस क्षेत्रमा स्नान गरे पुण्य कमाइने विस्वास रहि आएको छ।
‘अमरगढी सरकारले पर्यटकीय स्थल चिन्न सकेन्’ : महाभारत श्रीखंलाको फेदिमा रहेको त्रपुरा सुन्दरी (बुढि घटाल) मन्दिरको स्थानीय सरकारले प्रचारप्रसार नगरेको स्थानीयको आरोप छ। भ्रमण वर्षमा समेत सरकारले ग्रामीण क्षेत्रमा रहेका ठाउँ चिन्न नसकेको स्थानीयको भनाइ छ। अहीले यस क्षेत्रका स्थानीयहरु स्नान गर्ने भारतको हरिद्धार तथा जोगबुढाको परशु्राम क्षेत्रमा जाने गरेका छन्।
यदि स्थानीय सरकारले ‘गोविघाट’को संरक्षण गरेर यस क्षेत्रको प्रचार प्रसार गर्ने सके यस क्षत्रको विकासमा ठुलो टेवा पुग्ने विस्वास स्थानीयको छ। नजिकको तिर्थ हेला भने जस्तै अहीले स्थानीय सरकारले यस क्षेत्रको अपहेलना गरेको अमरगढी–३ का स्थानीय दिने श उप्रेतीले बताए। ‘यस ठाउँको संरक्षण गरेर प्रचार प्रसार गर्नु पर्छ। महाभारत लेक क्षेत्रमा पर्ने भएको कारण यो क्षेत्र अध्ययन अनुसन्धान गर्नेहरुका लागि पनि उपयुक्त छ।’
उनले भने, ‘स्थानीय सरकारले यस क्षेत्रको संरक्षण सम्वद्र्धन गरि प्रचार प्रसार गर्ने जरुरी छ।’ अमरगढी नगरपालिका –२ का वडा अध्यक्ष मनोरथ खडायतले भने त्रिपुरा सुन्दरी (बुढि घटाल) मन्दिरको प्रचार प्रसार गर्ने र त्यस ठाउँको संरक्षण गर्नेका लागि बजेट विनियोजन गरेको समेत बताए। ‘आफू जन निर्वाचित भएर आउनु भन्दा अगाडी ढुंगा फुटालेको भन्ने खबर आएको र निर्वाचित भएपछि त्यहाँ गएर हेर्दा केही मान्छेले ढुंगा फुटालेको देख्यौँ।’उनले भने ‘त्यसको संरक्षण गर्नेको लागि अमरगढी नगरपालिकासँग कुरा गरेको छु। वडासँग ठुलो बजेट छैन्। नगरपालिकाले खासै ध्यान दिएन्।’
प्रतिक्रिया दिनुहोस्