अँगालो हाल्दा स’म्बन्धका साथै स्वास्थ्यमा पुग्छ विभिन्न फाइदा

काठमाडौं : भ्यालेन्टाइन्स डेभन्दा दुई दिन अघि अर्थात् १२ फेब्रुअरीमा हग डे मनाइन्छ । आफ्नो पार्टनरलाई अँ’गालो हा’ल्दा जस्तो महसुस हुन्छ, त्योभन्दा सुन्दर अरु के हुनसक्ला र ? जुन भावनालाई शब्दमार्फत् बयान गर्न सकिँदैन, ती भावनालाई प्रेमपूर्वक अँगालो हालेर गर्न सकिन्छ। यो हग डेमा आफ्नो पार्टनरका साथै आफ्नो अभिभावक, भाइ, बहिनी, साथीभाइलाई पनि एउटा प्रेमिल अँगालो हाल्नुहोस् किनभने कसैलाई अँगालो हाल्दा निकै आनन्द महसुस हुनुका साथै स्वास्थ्यलाई पनि विभिन्न फाइदा पुग्छ । आउनुहोस्, अँगालो हाल्नुका फाइदा के के छन्, त्यसबारे जानकारी लिऔंः

४. मूड फ्रेश हुन्छः शोध कर्ताका अनुसार अँगालो हाल्दा मानिसको मूड पनि ठिक हुन्छ । वास्तवमा जब तपाईं कसैलाई अँगालो हाल्नुहुन्छ तब तपाईंको दिमागमा सेरोटोनिन हर्मोन अत्यधिक मात्रामा श्राव हुन्छ जसले तपाईंका मूड फ्रेश गर्न मद्दत गर्छ । अँगालो हाल्दा व्यक्तिको काम गर्ने क्षमता पनि बढ्छ । ‘

२. रक्तचाप कम हुन्छः वैज्ञानिकका अनुसार अँगालो हाल्दा र’क्तचाप पनि कम हुन्छ । यस्तो शरीरमा अक्सिटोसिन हर्मोनको श्रावले हुन्छ । ५९ मानिसमाथि भएको एक अनुसन्धानमा बताइए अनुसार जो मानिसहरु आफ्ना पार्टनरलाई अँगालो हालिरहन्छन् उनीहरुको रक्तचाप नियन्त्रणमा रहन्छ ।

३. तनाव कम हुन्छः थुप्रै अनुसन्धानमा बताइए अनुसार कुनै विशेष व्यक्तिलाई अँगालो हाल्दा स्ट्रेस हर्मोन कार्टिसोलको स्तर कम हुन्छ । अँगालो हाल्दा तनाव कम हुन्छ साथै व्यक्तिको स्मरणशक्ति पनि तीब्र हुन्छ ।

१. मुटुका लागि फाइदाजनकः एक शोधका अनुसार अँगालो हाल्दा शरीरमा लभ हर्मोन अक्सिटोसिनको स्तर बढ्ने गर्छ । यसले मुटु स्वस्थ राख्छ ।

प्रतिक्रिया दिनुहोस्