स्वास्थानीका पाना च्यात्‍न सांसदको माग

काठमाडौँ, २८ माघ। नेपाल कम्युनिष्ट पार्टीकी सांसद यशोदा गुरुङ सुवेदीले छा’उपडी जस्तो संस्कारलाई मजबुत पार्ने स्वस्थानी व्रत कथा र ऋषिपञ्चमी व्रत कथाका पानाहरू च्यात्नुपर्ने माग राख्नु भएको छ। प्रतिनिधिसभाको बैठकलाई सम्बो धन गर्दै मंगलबार सांसद सुवेदीले यस्तो माग गरेकी हुन्।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा सांसद गुरुङले सदियौँ देखि नेपाली महिलालाई जगडेर राखेको कुरीति भत्काउनको लागि छा’उगोठ भ’त्काउने अभियानले मात्र नपुग्ने भन्दै स्वस्थानी व्रत कथाका पानाहरू च्या’त्नुपर्ने बताउनु भएको हो । बारीमा राखेका छाउगोठ भत्काएर मात्र कु’रीति नहट्ने र देशका सबै स्थानमा विभिन्न बहनामा महिलाहरु यस्ता चलनबाट पीडित भएको बताउँदै ‘छा’उजस्ता परम्परा र संस्कृतिलाई मजबुत पार्ने स्वस्थानी ब्रत कथा र ऋषि पञ्चमी ब्रत कथाका पाना च्यात्न माग राख्नु भएको हो ।

संसदमा आफ्नो धारणा राख्दै उहाँले भन्नुभयो, गृहमन्त्रालयले चलाएको छाउगोठ भत्काउने अभियान स्वागतयोग्य छ। ‘सदियौंदेखि महिलालाई जगडेर राखेको यो कुरीतिलाई हटाउन छाउगोठ मात्र भत्काएर नहुनेभन्दै मान्छेको मन मस्तिक रहेको छाउगोठ भ’त्काउनु सक्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्