सुनको मूल्यमा वृद्धि, तोलामा कति पुग्यो ?

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा रु २०० बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छ। यसैगरी तेजावी सुन तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छ। यसैबीच मंगलबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। सोमबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १३६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो पनि,महिला लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन : महिला लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन हो । संस्थाले माघ ३० गतेबाट ४ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नु पर्नेछ । यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लगानी कर्ताले सी–आस्वा मार्फत आवेदन दिन सक्नेछन् । यो आइपीओमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ ।

खुला गरिएको मध्ये ०.५ प्रतिशत (५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन । यद्यपि आवेदन दिने समय बाँकी भएपनि यसमा माग भन्दा अत्यधिक आवेदन परिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्