प्रधानमन्त्री निर्दोष, मन्त्री दोषी ?

काठमाडौं। नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पहिलेको शाही आयोग जस्तै अहिले ओली आयोग बन्दै गएको आ’रोप लगाउनु भएको छ। बालुवाटार जग्गा प्रकरणमा कांग्रेस पूर्वमन्त्रीसमेत रहेका उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई भ्र’ष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले अख्तियार वि’रुद्ध वि’रोधका स्वरहरूलाई बढाउँदै लगेको छ।

यसै सन्दर्भमा नेपाल समाचारपत्रसँग कुरा गर्दै नेता खतिवडाले भन्नुभयो– ‘कांग्रेसको विरोध आफ्नो नेतालाई मुद्दा लगायो भन्ने होइन, अख्तियारले पक्षपातपूर्ण काम गर्यो भन्ने हो।’ कानुन सबैलाई बराबर हुने भन्दै उहाँले थप्नुभयो– ‘एउटै मन्त्रि परिषद्ले गरेको निर्णयमा प्रधानमन्त्री निर्दोष मन्त्री दोषी कसरी हुन्छ?’ कांग्रेस कानुनी राज्यको पक्षमा रहेको भन्दै खतिवडाले कांग्रेसले नै निष्पक्ष र स्वतन्त्र छानबिन गर्न अख्तियारलाई संवैधानिक आयोग बनाएको बताउनु भयो।

बालुवाटार प्र’करणमा कांग्रेसले शुरूदेखिनै निष्पक्ष छानबिन गर्न माग गरेको भन्दै उहाँले कम्युनिस्ट सत्ताको प्रभावमा अख्तियारले पूर्वाग्रहको आधारमा मु’द्दा दायर गरेपछि कांग्रेसले वि’रोध गर्नु परेको दाबी गर्नु भयो।सार्वजनिक लेखा समितिमा समेत कार्य गरिसक्नु भएका नेता खतिवडाले भन्नुभयो– ‘मन्त्रि परिषद्ले गरेको निर्णयमा प्रधानमन्त्रीको नीतिगत हुने मन्त्रीको नहुने के हो ?’

कांग्रेसको माग पूर्वप्रधान मन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराई, पूर्वमुख्य सचिव लीला मणि पौडेल, नेकपा नेता विष्णु पौडेल लगायतलाई पनि यो प्रकरणमा मु’द्दा लाग्नु पर्ने रहेको छ। नेपाली कांग्रेस तराईमा बलियो रूपमा रहेका बेला तराई क्षेत्रका प्रभावशाली नेताहरू अख्तर अलाम र विजय गच्छदारलाई साइड लगाएपछि आफू बलियो हुने कम्युनिस्ट पार्टीको धारणा हुनसक्ने कांग्रेसका नेताहरूले बताउँदै आएका छन्।

त्यसो त गच्छदारलाई साइड लगाउँदा कांग्रेस पार्टी भित्रका नेताहरूलाई पनि फाइदा पुग्ने कतिपय नेताको अनुमान छ । नाम उल्लेख नगर्ने सर्तमा कांग्रेसका एक प्रभावशाली नेता भन्छन्– ‘कांग्रेसको १४औं महाधिवेशनमा गच्छदार उपसभापति हुने पक्का पक्की छ। गच्छदार साइड लागेपछि यसको प्रत्यक्ष लाभ अर्का उपसभापति विमलेन्द्र निधिलाई हुनेछ।’ नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्