पेट्रोलियम पदार्थको फेरि मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल नियगले मंगलबार राति १२ बजे देखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य बढाएको हो । नयाँ मूल्यसुची अनु सार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टितेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर पर्नेछ ।

भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार घाटाअझै चुलिने भएपछि तेलको मूल्य बढाएको हो। नयाँ मूल्य सूची अनुसार पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा, डिजलमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा २ सय ८५ रुपैयाँ ८३ पैसा घाटा छ। मट्टितेलमा भने निगम नाफामा छ । नयाँ मूल्यसूची अनुसार निगमलाई १५ दिनमा ६ करोड ७ लाख रुपैयाँ घाटा छ ।

निगमका अनुसार मंगलबार राति १२ बजेदेखि वृद्धि भएको मूल्य लागू हुनेछ। हवाइ इन्धनमा पनि २ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरिएको छ। यस अघि पछिल्लो पटक माघ २८ गते पनि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा २ रुपैयाँ मूल्य वृद्धि गरेको थियो । सोही दिन ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य वृद्धि भएको थियो।

प्रतिक्रिया दिनुहोस्