पृथ्वीजयन्तीमा विदुर नगरपालिकाले दियो सार्वजनिक बिदा

विदुर, पुस २३ गते । पृथ्वी जयन्तीका अवसरमा विदुर नगरपालिका कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले पृथ्वी नारायण शाहले राष्ट्रिय एकीकरणका नुवाकोट विजयबाट शुरु गरी साततले दरबार (विसं १८१९) बनाएर करीब २५÷२६ वर्ष त्यहीँबाट राज्य सञ्चालन गरी राष्ट्रिय एकता गरेकाले उनलाई भुल्न नहुने जनाएको छ ।

यस्ता अभिभावकप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको जन्मदिन पुस २७गते सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताउनु भयो। नगरपालिकाको गत पुस १० गते बसेको पाँचाँै नगरसभा अधिवेशनले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ । गोरखाका राजा शाहको नेतृत्वमा विसं १८०१ असोज १५ गते नुवाकोट विजय भएको थियो ।

त्यस्तै, गोरखा सदरमुकाममा राष्ट्रिय एकता दिवस तथा पृथ्वीनारायण शाहको २९७ औं जन्म जयन्ती बिभिन्न कार्यक्रम गरि मनाईने भएको छ ।आगामि २७ गते परेको शाहको २९७औं जन्म जयन्तीको अबसरमा गोरखामा बिभिन्न कार्यक्रम गरि मनाईने भएको हो । शाहाले नेपाल एकीकरण गर्न पु¥याएका योगदान र नयाँ पुस्तालाई गोरखा र पृथ्वी नारायण शाहासँग जोडिएको इतिहास बारे जानकारी दिने उदेश्यले कार्यक्रम गर्न लागेको गोरखा नगर पालिकाका नगर प्रमुख राजनराज पन्तले जानकारी दिए ।

आगामि पुस २६ गते पत्रकार महासंघ गोरखाको सहकार्यमा गोरखा नगरपालिकाले हरमटारीमा रहेको होटल मिराकलमा दिउँसो १२ बजेर १५ मिनेटमा पृथ्वी नारायण शाह र एकीकरण सम्बन्धी प्रवचन र अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।त्यस्तै पुस २७ गते वहा १० बजेर ३० मिनेटमा खेलकुद मैदान हरमटारीबाट सुरु भइ गोरखा संग्रहालयसम्म ¥याली सहित कोणसभा गरिने नगर पालिकाले जनाएको छ । पृथ्वी नारायण शाहाको सम्मानमा स्वरुप यस अघि नै गोरखा नगरपालिका र पालुङटार नगरपालिकाले सार्वजनिक विदा दिने धोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्