शुक्रबार ह्वात्तै घट्यो सुनको मूल्य, यस्तो छ आजको मुल्य !

काठमाडौं : नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको मूल्य लगातार घटिरहेको छ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामै १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महा संघका अनुसार शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । नेपाली बजारमा चाँदी आज प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनि, ग्रीन लाइफहाइड्रोको आईपीओ बाँडफाँट : ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ शुक्रवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा विहान ९ बजे आईपीओ बाँडफाँट भएको हो । योग्य आवेदक मध्य ३ लाख २५ हजार १६५ जनाले कम्पनीको शेयर हात पारेका छन् । विक्री प्रबन्धकका अनुसार पहिलो चरणमा सबै आवेदकलाई १० कित्ताका दरले ३ लाख २५ हजार १६५ जनालाई बाँड फाँट गरी बाँकी रहेको २ कित्ता शेयर २ जनाले एक एक कित्ताका दरले बाँड फाँट गरिएको हो ।

यस कम्पनीको आईपीओमा १३ लाख २२ हजार ९७१ जनाको २ करोड २६ लाख ९१ हजार ४९० कित्ताका लागि आवेदन परेको विक्री प्रबन्धकको भनाई छ । जुन माग भन्दा करिब ७ गुणा बढी थियो । कम्पनीले माघ २३ गतेदेखि सर्ब साधारणको लागि ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सार्वजनिक निष्कासन गरेको थियो ।

कम्पनीले यस अघि आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री खुला गर्दा वितरण हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्ता शेयर समेत जोडेर ३४ लाख ९६ हजार ४०० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरेको हो । कुल कित्तामध्य १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि र ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीमा बाँडफाँट गरी बाँकी शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।

कम्पनीले आईपीओ विक्री गर्न कम्पनीले माघ २ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४४ करोड रहेको छ । सर्व साधारणलाई पनि शेयर विक्री गरेपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८० करोड पुगेको छ । कम्पनीको अधिकृत पूँजी रू. २ अर्ब ५० करोड रहेको छ । यस कम्पनीले खानीखोला १ जलविद्युत आयोजना सञ्चालक गरिरहेको छ । नयाँ आयोजना निर्माणको क्रममा कम्पनीले दोलखा जिल्लामा ४० मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाबाट २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना कम्पनीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्