निर्मला पन्त प्र’करण : अनुसन्धान दीलिपसिंह विष्ट माथि केन्द्रित

काठमाडौं। निर्मला पन्त प्र’करणमा फेरि अर्को ट्वी’ष्ट आएको छ । प्रहरी प्रधान कार्यालयले डिआईजी सुरज केसीको नेतृत्वमा गठन गरेको पुनरावलोकन समितिले यसअघि प’क्राउ भएपनि डि’एनए नमिलेर छुटेका दीलिप सिंह बिष्ट माथि नै अनुसन्धान केन्द्रित गर्नुपर्ने र अनसन्धानमा प्रहरीले नै ला’परवाही गरेको भन्ने एआईजी धिरु बस्नेतको प्रतिवेदन गलत भएको भन्दै कार्यान्वयन नगर्न सुझाब सहितको प्रतिवेदन दिएसँगै घटनाको अनुसन्धान साँघुरिदै जाने संकेत देखिएको छ ।

प्रहरी प्रधान कार्यालयले कञ्चनपुर प्रहरीलाई सोही प्रतिवेदनको आधारमा अनुसन्धान गर्न निर्देशन समेत दिएको छ। पुनरावलोकन समितिले भने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र कञ्चनपुर प्रहरीले सुरुमा गरेको अनुसन्धान नै सही रहेको निश्कर्ष दिएपछि प्रहरी प्रधान कार्यालयले बस्नेत नेतृत्वको समितिले दिएको प्रतिवेदन नै खारेज गरेको छ । प्रतिवेदन खारेजसँगै मुख्यालयको निर्देशन मुताबिक कञ्चनपुर प्रहरीले पुनः अनुसन्धान थालेको छ ।

डीआईजी सुरज केसी नेतृत्वको समितिले दिएको निश्कर्ष

–बस्नेत समितिको प्रतिवेदन बयानमा मात्रै आधारित रहेको, अ’फवाहका आधारमा धारणा बनाएका व्यक्तिको भरपरेको, अ’नुसन्धानलाई दि’ग्भ्रमित पारेको। – प्रहरीको अनुसन्धान वि’रुद्ध चलाइएका प्रायोजित हल्ला, चर्चा र सामाजिक सञ्जालद्वारा प्रेरित जनमानस मा स’नसनी फैलाउने गैरजिम्मेवार समाचारको शृंखलाबाट प्रतिवेदन निर्देशित भएको ।

– अनुसन्धानमा भएका महत्व पूर्ण उपलब्धिलाई अमान्य घोषित गरेको, सम्भावित आ’रोपितलाई या’तना दिई साविती बयान गराएको, प्रमाण नष्ट गरेको, नक्कली प्रमाण खडा गरेको भन्ने पूर्व मान्यताबाट निर्देशित रहेको । एआईजी धिरु बस्नेतको प्रतिवेदन पछि नै कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज बिष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई बर्खास्तमा परे भने केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी अंगुर जिसी, कञ्चनपुरकै डिएसपी ज्ञानबहादुर सेटीसहित ६ जना प्रहरी निलम्बनमा छन् ।

साथै यहि प्रतिवेदनलाई टेकेर उनीहरुमाथि प्रमाण न’ष्ट गरेको र दीलिपलाई यातना दिएको क’सुरमा जिल्ला अदालत कञ्चनपुरमा मु’द्धा चलिरहेको छ। त्यस्तै उनीहरुको अनुसन्धानलाई प्रहरीले जिरो प्रगति भनेको थियो । हामीले कार्यक्रममा पहिले नै धिरु बस्नेतको प्रतिवेदन ग’लत छन्, भन्ने आधार पेश गरेका थियाँै । सिआईबीका तर्फबाट अनुसन्धानको नेतृत्व गरेको डिएसपी अंगुर जिसीले एआईजी बस्नेतको टोलीले वास्तविकता भन्दा पर रहेर हल्ला र रे’का भरमा प्रहरीलाई नै दो’षी देखाउने तरिकारले प्रतिवेदन बनाएको गुनासो गरेका थिए ।

यति मात्रै होइन, बस्नेत टोलीको प्रतिवेदनमा मुख्य प्रमाणका रुपमा राखिएको हवल्दार धर्मसिंह भाटको बयान समेत आफूलाई निकै या’तना दिई जबरजस्ती औँठा छाप लगाएर बनाएको स्वयं भाटले हामीलाई बताएका थिए । धिरु बस्नेतको प्रतिवेदन गलत भन्ने पुष्टी भएर प्रहरी प्रधान कार्यालयले नै खारेज गरिसके पछि ग’म्भीर घटनामा रे’ र हल्लाको भरमा प्रहरी कर्मचारीलाई मा’नसिक र शारीरिक यातना समेत दिई गलत प्रतिवेदन तयार गर्ने एआईजी धिरु बस्नेतमाथि अनुसन्धान र का’रबाही गर्नुपर्ने पूर्व प्रहरी अधिकारी नै माग छ । यो प्रतिवेदनसँगै दीलिपसिंह बिष्टमाथि भएको पहिलेका अनुसन्धानलाई निरन्तरता दिन प्रहरीलाई बाटो खुलेको छ ।

दीलिप सिंह विष्टनै दोषी देखिनु पर्ने कारणहरु

१. घटना भएको समयमा दीलिप सिंह विष्ट घटना स्थल नजिकै देखेको कुरा प्रमाणित हुनु। २. दीलिपको चरित्रका सम्बन्धमा उनका परिवार र अन्य व्यक्तिहरुले भनेका भनाइ र पत्रकार उमेश श्रेष्ठले दीलिपसँग कुरा गर्दाको भिडियामा विष्टको चरित्र प्रष्ट हुनु । ३. विष्ट आफ्नो भिनाजुको ह’त्या गरी ९ बर्ष जे’ल स’जाय भोगेका व्यक्ति हुनु । यसले उनको अ’पराधिक पृष्ठभूमि पुष्टि हुनु ।

४. विष्ट वि’रुद्ध निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले कि’टानी जाहेरी दिनु । ५. घ’टनास्थलको प्रकृति, अनुसन्धान विश्लेषण सँग दीलिपसिंह विष्टले दिएको साविती बयान : जहाँ उनले साइकलको चेन, कपाडा खो’लेको भन्नु, सुरुवाल च्या’तिएको भन्नु, भनेकै बाटोमा एउटा पाइला भेटिनु, उखुबारीको डिलमा जब’र जस्ती क’रणीपछि नि’र्मम ह’त्यागरी अरुले देख्लान भनेर उखुबारी भित्र लगेर श’ब फालेको भन्नु ।

६. निर्मला पन्त प्रकरणमा तत्कालीन डिएसपी अंगुर जिसीको निस्कर्षसँग केन्द्रबाट खटिएका विभिन्न अनुसन्धान टोलीहरुले समेत विभिन्न कोणबाट अनुसन्धान गरी पुन दीलिप माथिनै अनुसन्धान गर्ने राय कञ्चनपुर प्रहरीलाई दिनु। सबै भन्दा ठूला प्रमाण त दीलिपसिंह विष्ट आफैले पटक– पटक निर्मलाको ब’ला त्कार र ह’त्या गरेको स्वीकारेका छन् ।

दीलिपसिंह बिष्टले प्रहरीसामु घटना स्वीकार गरेको भिडियो, छुटिइसकेपछि चोक–चोकमा उनले अ’पराध स्वीकार गरेको भिडियो र उनले देखाएको आ’चारणका कारण निर्मलाकी आमा दुर्गा देवी पन्तले कञ्चनपुर प्रहरीमा दीलिप वि’रुद्ध किटानी जाहेरी नै दिइसके की छन् । भिमदत्त नगरपालिका–२ उल्टाखामकी पन्तको श’व २०७५ साउन ११ गते निम्बुखेडा खोला किनारको उखु’बारीमा फेला परेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र कञ्चनपुर प्रहरीले घटना अनुसन्धान गर्ने क्रममा भदौ ३ गते बिष्टलाई नि’यन्त्रणमा लिएको थियो। तर, फ’साउन खोजिएको भन्दै चर्काइएको आ’न्दोलन तथा मैनाली र बस्नेत समितिको प्रतिवेदनले समेत नि’र्दोष भने पछि विष्टलाई छोडिएको थियो । न्युज २४ नेपालबाट

प्रतिक्रिया दिनुहोस्