हेर्नुहोस आजको राशिफल : आज शनिबार तपाईंको भा’ग्यफल कस्तो छ ?

ज्योतिषि डिपि भण्डारी : वि.सं.२०७७ साल फाल्गुन ०८ गते । शनिबार । ईश्वी सन् २०२१ फेब्रुवरी २० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्री शाके १९४२ । माघ शुक्लपक्ष । तिथि–अष्टमी,११ घडी ३७ पला, बिहान ११ बजेर १८ मिनेट उप्रान्त नवमी । नक्षत्र–रोहिणी, अहोरात्र । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट । दिनमान २८ घडी १५ पला ।

मेष : दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । पढाइ लेखाइमा राम्रो प्रगती गर्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुशी हुने छन् । प्रे’ममा आ’त्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ। साथिभाई तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ। व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्गे भन लाभ हुने योग रहेकोछ

बृष : कामहरु स्वत स्फुर्त रुपमा अगाडी बढ्नेछन् । व्यापार व्यावासाय फ’स्टाएर जाने तथा नयाँ प्रकृतिको व्यावसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ। राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रे’मको डो’रो क’सिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाईलो गरी समय कटाउन सकिनेछ ।

मिथुन : व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनु होला । पढाइ लेखाइमा अरुभन्दा पछी परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् । माया प्रे’ममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

कर्कट : लाभस्थानमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावसायमा लगानी गरी मनग्गे नाँफा कमाउन सकिनेछ भने सरकारी स्रोत साधन प्रयोग गर्न पाइने योग रहेकोछ। पै’त्रिक धन तथा सम्पती हात लागी हुने योग रहेकोछ । शिक्षा भने जस्तो गतिमा लान सकिनेछ भने प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै आफ्नै पोल्टोमा नतिजा ल्याउन सकिनेछ । प्रे’ममा सा’मिप्यता बढेर जाने ग्रहयोग रहेकोछ ।

सिंह : आज गरीएको लगानी फस्टाएर जाने हुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुनेयोग रहेकोछ । पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउने छ । माता पिताको सहयोगले राम्रा काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । गीत संगित क्षेत्रमा रुचि बढ्ने हुँदा केही समय रमाईलोतिर पनि समय खर्च हुनेछ । समयको गतिसँगै अगाडी बढ्न सकिने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ।

कन्या : अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ भने समाजमा जनताको काम गर्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । भाग्यले साथ दिने हुनाले व्यापार व्यावसायमा थोरै समय लगानी गर्दापनी प्रशस्त आम्दानी गर्न सकिने छ । लामो दुरिको अध्ययन यात्रा हुनेछ भने धा’र्मिक स्थल तथा मन्दिर तिर गई मनलाई शान्त पार्न सकिनेछ । सरकारी स्तरमा तपार्ईँको प्रभाव बढ्ने हुनाले समयमा कामहरु बन्नेछन् ।

तुला : कामगर्दा ख्याल गर्नुहोला शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी गरे पनी आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनु पर्ने वाध्यता आउनेछ । प्र’णय सम्वन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथीको सहयोग नपाउँदा कामहरु थाती रहनेछन् । पढाइ लेखाइ अथुरै रहने तथा नतिजा अरुतिर जानेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अ’प्रिर्य घ’ट्ना घट्न सक्छ ।

बृश्चिक : छोटो दुरिको व्यावसायिक यात्रा हुनेछ भने व्यापार व्यावसाय फ’स्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने योग रहेको छ । माया प्रे’ममा नजिक हुने समय रहेको छ भने जीवन साथिको सहयोग पाइने छ । अध्ययनमा बिद्यार्थी हरुले चाहे जस्तो नतिजा हात पार्न सक्नेछन् । वि’लाशि वस्तुको प्रयोग मार्फत अरुको मन तान्न सकिनेछ । प्रिजजन भेट हुनेछ भने आथित्यपूर्ण सम्मान पाइने योग रहेकोछ ।

धनु : स्वास्थ्यले साथ दिने हुँदा शाहसिलो काम गर्न सकिनेछ । व्यापार विस्तार गरी प्रशस्त रुपैया पैसा कमाउने छ । नयाँ ठाउको भ्रमण गरी संगितको सुमधुर धुनमा रमाउन सकिने छ । प्रतिस्पर्धामा प्रतिस्पर्धी हरुलाई हराई परिणाम मूखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगती भएर जानेछ । मामा तथा मावलीबाट तपार्ईँको काममा सहयोग हुनेछ ।

मकर : बौद्धिकताको ल’डाईमा तपार्ईँकै नाम उच्च स्थानमा आउने हुनाले मन प्रशन्न हुनेछ। शेयर बजारमा गरीएको लगानीबाट भने जस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ। अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिने छ । आ’कस्मिक धन तथा सम्पती लाभ हुनेछ भने उपाहार पाइने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ । मनग्गे धन आर्जन गर्न सकिने हुनाले ईच्छित कामनाहरु पुरा हुनेछन् ।

कुम्भ : राजनीति तथा समाज सेवामा समय लगानी गर्नेहरुले सर्ब साधारणसँग सन्तुलित व्यावहार गर्नु होला काम बिग्रने हुँदा मान सम्मानमा आ’घात पुग्नेछ । अध्ययन अध्यापनमा तपार्ईँको कमजोर उपस्थितिको फाईदा अरुले उठाउन सक्छन् ध्यान दिनुहोला। आमा वा आमा सरहका मानससँग टा’डिएर देश परदेशको यात्रा गर्दा मन वि’चलित हुनेछ । माया प्रे’ममा मन मु’टावको अवस्था सिर्जना हुनेछ । व्यापार व्यावसायमा न्यून नाँफा हुने हुनाले दैनिकि क’ष्टकर हुनेछ भने कृषि तथा पशुपालन व्याव साय फस्टाएर जानेछ ।

मीन : नोकरिमा सम्मान तथा राजनीतिमा लाग्नेहरुले विषेश पद पाउने समय रहेको छ । छोटो तथा अर्थपुर्ण उपलव्धी मुलक यात्राको तय गर्न सकिने छ भने गन्तव्य पहिल्याउदै अगाडी बढ्न सकिनेछ । न्या’लयबाट हुने न्या’यिक निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछन् भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस जागर बढेर आउनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले साथी हरुलाई किनारा लगाउदै अगाडी बढ्न सकिनेछ । तपाईँको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्