पुर्वराजा ज्ञानेन्द्र र कोमलको डान्स (भिडियो सहित)

काठमाडौं : झापाको होटल मेची क्राउनमा पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सवको अवसरमा पुर्वराजा ज्ञानेन्द्र शाह र कोमलको नृत्य अहिले सामाजिक संजालमा भा’इरल भइ रहेको छ । जन्मोत्सवका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारले झापाको धुलाबारीस्थित मेची क्राउन होटेल एक साताका लागि बुक गरेको जनाइएको छ ।

यसअघि पारसबाहेक राज परिवारका सदस्य जन्मोत्सवमा सहभागी हुने बताइए पनि पोखरामा रमाउँदै गरेका उनी एकाएक मेची क्राउनमा पुगेका थिए । हिमानी र पारससहितको सपरिवारको तस्वीर अहिले सामाजिक सञ्जामा भाइरल बनेको छ । गत बुधबारदेखि नै पूर्वराजपरिवारका सदस्यहरु उक्त होटेलमै रहेको जनाइएको छ । पूर्व राजा शाह दम्पती भने केही महिना अघिदेखि नै झापामा रहँदै आएका थिए ।

शुक्रबारको जन्मोत्सव शुभकामना दिन केही राजावादी तथा राजसंस्था पक्षधरका स्थानीय नेताहरू पनि पुगेको जनाइएको छ । यसअघि ७१ औं प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा बिहीवार जारी शुभ कामना सन्देशमा पूर्वराजाले निशेष र विभेदको राजनीति शुरु भएको आ’रोप लगाएका थिए । पूर्वराजा ज्ञानेन्द्रले घुमाउरो भाषामा राजसंस्था पुनस्र्थापना हुनु पर्नेमा जोड दिएका थिए ।

जन्मदिनको जमघटमा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस शाह, उनकी पत्नी हिमानी शाहलगायत सहभागी थिए । पूर्वयुवराज पारस पूर्वरानी कोमलको जन्मदिन मनाउन बिहीबारमात्र झापा पुगेका हुन् । पूर्वराजा ज्ञानेन्द्र र उनी पत्नी कोमल केही समययता झापा मै बसिरहेका छन् ।

पुर्वराजाको जनता मोह : नेपालका पुर्व राज परिवार नाइट क्लबमा देखि रहन्छन। पुर्व राजा ज्ञानेन्द्र शाह सपरिवार क्लबमा पुगेर रमाइलो गर्छन् । सार्वजनिक ठाउँहरुमा खासै नदेखिने पुर्वराजालाई क्लबमा देखेर राजाको नारा लगाउने जमात ठूलै छ । कहिले त्रि’सरा त कहिले लि’क्विड लन्जमा आइरहन्छन् । उनीहरुको तस्बिर जब समाजिक संजालमा अप’लोड हुन्छ, त्यो भाइरल नै भइदिन्छ ।

गएराति पुर्वराज परिवार काठमाडौँको लर्ड अफ ड्रिंक्स क्लबमा देखिए। पुर्वराजाको नाममा अधिकांश युवाहरु समर्थन गर्दै ‘राजा आऊ, देश बचाउ’, ‘मेरो प्यारो राजा’ लगायतका नारा लगाईरहेका थिए। यत्तिकैमा पुर्व राजाले गीतको तालमा नाचे। युवाको जमात झनै वाइल्ड हुदैँ थियो। त्यसपछि, हिमानीले ‘रातो र चन्द्र सूर्य’ बोलको गितमा हात उठाई उठाई नाचेपछि युवाहरुले ‘राजा आउ, देश बचाऊ’को नारा नलगाई बस्नै सक्नेन । पुर्व राजपरिवारको शालिन विशेषताले जनतालाई झन् नजिक पुर्योइरहेको अवस्था छ ।

पुर्व युवराज पारश शाह निरन्तर विवादमा आइरहदा पनि राजपरिवार नाइट क्लबमा बसेर आफ्ना जनतासँग रमाइरहेका छन। शाहको बच्चा स्वभावले राजपरिवारको इज्जतमा दाग लगाउन खोजेपनि राजपरिवारको हैसियत क्लबहरुमा देखिन्छ । जब युवाको जमातसँग पुर्व राजपरिवार नजिकिन्छ त्यहाँ माहोल फरक देखिन्छ । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्