काठमाडौं: कोरोना भाइरसको सं’क्रमणबाट चीनमा ४ हजार भन्दा बढी सं’क्रमित व्यक्ति निको भएका छन् । सोमबार बेइजिङमा पत्रकार सम्मेलन गरेर चिनियाँ स्वास्थ्य आयोगले सं’क्रमणबाट ठिक हुनेहरुको तथ्यांक सार्वजनिक गरेको हो। मंगलबार सम्ममा देशैभर ४ हजार ७ सय ७१ जना बिरामी पूर्ण रुपमा ठिक भएर घर फर्किएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता मि फेङका अनुसार सं’क्रमणबाट निको हुने दर केही दिनदेखि बढेको छ । जनवरी २७ मा १.३ प्रतिशत व्यक्ति अस्पतालबाट घर फर्किएका थिए भने अहिले ८.२ प्रतिशतले सं’क्रमितहरु ठिक भएका छन् । मृ’त्युदर २.२ प्रतिशतमा स्थिर हुँदा निको हुनेको संख्या बढेको छ । जबकी सन् २००२–३ मा सार्सबाट मृ’त्यु हुनेको दर ९.६ प्रतिशत थियो ।
हुबेई प्रान्तमा निको हुनेको दर १.७ बाट बढेर ६.१ प्रतिशत पुगेको छ, प्रकोपको केन्द्रबिन्दु वुहानमा ठिक हुने बिरामीको दर २.६ बाट ६.२ प्रतिशत पुगेको आयोगले जनाएको छ। यसअघि जनवरी १७मा ती सहरमा संक्रमित ठीक हुने दर १.७ र २.६ प्रतिशत थियो । सं’क्रमण प्रकोपलाई नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनको टोली चीन सरकारसँग सहकार्य गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्