मैले राजीनामा दिएको छैन, राजीनामा दिनुपर्ने कुनै कारण छैन : महान्यायाधिवक्ता खरेल

काठमाडौं : महान्यायाधिवक्ता अग्नि खरेलले आफूले राजीनामा नदिएको बताएका छन् । विभिन्न सञ्चारमाध्यममा प्रतिनिधिसभा विघटनको मु’द्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आ’क्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएको तर स्वीकृत नभएको समाचार प्रकाशित भएका थिए ।

खरेलले आफ्नो र सरकारको ब’दनाम गर्नका लागि दुश्प्र’चार गरिएको जिकिर गरे । ‘मैले राजीनामा दिनुपर्ने कुनै कारण नै छैन,’ खरेलले भने । संवैधानिक इजलासमा खरेल सहित ११ जना सरकारी वकिलले वि’घटनको पक्षमा बहस गरेका थिए। खरेलले आफु वि’रुद्ध कुनामा बसेर षडयन्त्र गरिएको बताउँछन् ।

उनले भने–‘मेरो वि’रुद्ध कुनै कुनामा बसेर मान्छेले ष’डयन्त्र गरेर राजीनामाको हल्ला चलाए ।’ ‘मैले राजीनामा गरेको पनि छैन’ उनले भने, ‘राजीनामा गर्नुपर्ने कुनै परिस्थिति पनि छैन, यो कसैले कुनै स्थानमा बसेर चलाएको हल्ला हो।’ खरेलले हालै महा न्यायाधिवक्ताका रुपमा गरेको तीन वर्षको उपलब्धि सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्