एकै दिन ११ सयले बढ्यो सुन !

काठमाडौं । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ मंगलबार ह्वात्तै बढेको छ । सुनको भाउ तोलाको ९० हजार १०० पुगेको छ । हिजो तोलाको ८९ हजार रुपैयाँमा स्थिर थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापा वाल सुनको भाउ तोलाको ९० हजार १०० कायम गरेको जनाएको छ। सोमबारको तुलनामा आज तोलामा एकहजार १०० रुपैयाँले सुनको भाउ बढेको हो। तेजाबी सुनको भाउ पनि बढेर तोलाको ८९ हजार ६५० पुगेको छ ।यसैगरी, चाँदीको भाउ पनि ह्वात्तै बढेको छ । हिजो तोलाको १३ सय ३५ रहेको चाँदीको भाउ आज १३ सय ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो पनि, निफ्राको शेयरमूल्यमा नकारात्मक सर्किट : धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएदेखिनै उच्च बृद्धि भैरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य मंगलवार भने सर्वाधिक १० प्रतिशतले घटेको छ । उच्च विक्रीचापका कारण यस दिन कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो । सोमबार रू. ६६० कायम भएको कम्पनीको शेयरमूल्य मंगलबार प्रति कित्ता रू.६६ ले घटेर रू. ५९४ मा झरेको हो । ११ बजेर ३५ मिनेटसम्मको कारोबार अवधिसम्म नेप्से परिसूचक पनि ३१ अंकले घटेको छ । सोमवार दोहोरो अंकले घटेको बजारमा १० प्रतिशतले मूल्य बढेको कम्पनीको मंगलवार भने सर्वाधिक मूल्य घटेको हो ।

प्रतिक्रिया दिनुहोस्