विद्यालयमै नेताको ‘जाँ’ड पार्टी’

गौशाला : शिक्षक नेताहरुले विद्यालयमा मा’सु र र’क्सी पाटी गरेको भिडियो सार्वजनिक भएको छ। महोत्तरीको गौशाला नगरपालिका-३ स्थित राष्ट्रिय आधारभुत विद्यालय नवराजपुरको हाता भित्र खुलम खुल्ला मा’सु र’क्सीको भोज गरिएको भेटिएको हो। अंग्रेजी नयाँ वर्ष २०२० को पहिलो दिन गौशालाका शिक्षक नेताहरुले विद्यालयमा म’दिरा पाटी गरेका थिए।

विद्यालयलाई अनुचित कार्यको लागि प्रयोग गरेको पाइपछि गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोको टोलीले स्थलगत अनुगमन गरेर का’रवाही प्रक्रिया सुरु गरेको छ।भोज गरिएको घ’टना एकहप्ता अघिको हो। विद्यालयमा रक्सी मासुको भोज गरेको भिडियो सार्वजनिक भएपछि चासो बढेको हो। अ’श्लिल गीत बजाएर शिक्षकहरु म’दिरामा ल’एर अ’श्लिल गीतमा नाचेको र ता’स खेलेको भिडियोमा देखिन्छ।

विद्यालय जस्तो पवित्रस्थलमा मदिरा पाटी गरिएको भन्दै नगरपालिकाले भोजमा संलग्नलाई कानुन अनुसार का’रवाही गरिने जनाएको छ। मंगलबार नगरपालिकाका मेयर, नगरपालिकाका कर्मचारी, वडाअध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु सम्मिलित बैठकले स्कूलमा र’क्सी र मा’सुको भोज खाएर कानुन वि’परित काम गर्ने शिक्षकहरुलाई का’रवाहीको लागि नगर शिक्षा समितिमा पेश गर्ने निर्णय गरेको छ।

पत्रकारहरुको टोली पुग्दा विद्यालयको हाताभित्र म’दिराका बोतल, भोज खाएको जु’ठो प्लेट देखिन्थ्यो। विद्यालय परिसरमै फालिएको म’दिराको खाली बोतलको छेउमा स- साना विद्यार्थीहरु खुल्ला चौरमा अध्ययन गर्नमा व्यस्त थिए। कानुन अनुसार सार्वजनिक संघ संस्था भन्दा दुई सय मिटर भित्र, जाँ’ड र’क्सी सेवा तथा बिक्री वितरण गर्न प्रतिबन्ध छ।

विद्यालयमा सञ्चालन भएको दिवा खाजाको भान्छाकोे भाडा’बर्तन, साउण्ड बक्स प्रयोग भएको बताइएको छ । शिक्षकहरुले आयोजना गरिएको सो भोजको क्रममा लिक भएको भिडियोमा म’दिराले शिक्षकहरु ल’ठ्ठिएर भोजपुरी अ’श्लिल गीतमा नाचगान गरि रहेका देखिन्छ। सो भोजमा विद्यालयका प्रधानाध्यापक वंशीधर प्रसाद साह पनि सहभागि भएका थिए।

आफुहरु नियमित रुपमा अनुगमन गर्दै आएपनि यहाँका शिक्षकहरुकै विद्यालयमा शैक्षिक सुधार नहुनु दुःखद रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विल्टु महतोले बताए। विद्यालय भन्दा वडा कार्यालय पाँच सय मिटरको दुरीमा छ। विद्यालयमा कानुन वि’परि तका कार्यहरु हुँदा पनि वडाअध्यक्ष विरेन्द्र कुमार चौधरीले एक सता सम्म सुइको समेत पाएनन् । विद्यालय सुधारका लागि आफुले सकारात्मक कदम उठाउँदै आएकोले आगामी दिनमा गलत का’रवाही सँगै सुधारका लागि कडाई गर्ने वडा अध्यक्ष चौधरीले बताए।

मेयर शिवनाथ महतोले शिक्षा दिने विद्यालयलाई म’दिरा भ’ट्टी बनाएकोमा दुःख व्यक्त गरे। मन्दिर जस्तो पवित्र स्थललाई बदनाम मात्रै होईन शिक्षालयको अस्तित्व समाप्त पार्ने खेलमा लागेकोले अब नगरपालिकाले कानुनी का’रवाहीको लागि कदम उठाएको बताए। पुसभित्रै नगर शिक्षा समितिको बैठकले कानुन विपरित विद्यालय म’दिरा भोजमा सहभागी हुने शिक्षकहरुको बिषयमा छलफल गरेर का’रवाही गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्