सिन्धुपाल्चोकमा बिरामीको संख्या २५० भन्दा बढी पुग्यो, यस्तो छ बिरामीको अबस्था

काठमाडौं, माघ २९ गते । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल संक्रम भए पनि कोरोना भाइरसको सं’क्रमणको संभावना नरहेको पाइएको छ। स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गदत्त चापागाईका अनुसार हिजोबाट आफूहरुले सो गाउँको ट्रभाल हिस्ट्री बारे बुझन लगाएको र त्यहाँ कोही पनि चीन लगायत सं’क्रमित क्षेत्रबाट आवतजावत गरेको नपाइएकोले कोरोना भाइसर सं’क्रमको कुनै संभावना नरहेको बताउनु भयो ।

सो क्षेत्रमा हाल देखा परेको भाइरल सं’क्रमणको उपचारमा गाउँ पालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्टहरु परिचालन गरी उपचार शुरु गरिएको र केहीलाई निको समेत भएको जानकारी आफूले पाएको प्रमुख चापागाँईले बताउनु भयो। सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका २ सय ५० भन्दा बढी स्थानीय बिरामी परेका छन् ।

गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । अहिले गाउँपालिकामा स्वास्थ्य क्याम्प खडा गरी उपचार सुरु भएको छ । गएको माघ २३ गते देखि केही व्यक्तिमा रुघा र उच्च ज्वरो देखा परेको थियो । संघीय सरकारका निकायहरूमा सम्पर्क गर्दा चीनबाट उक्त ठाउँमा मान्छे नगएकाले आत्तिन नहुने जवाफ मिलेको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्