भक्तपुरका जनतामा कोरोनाको त्रास

काठमाडौं । चीनको कोरोना भाइरस प्र’भावित वुहानबाट ल्याउने नेपालीलाई भक्तपुरको खरिपाटीमा राखिने भएको छ । चीनबाट ल्याउने नेपालीलाई राख्न खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवन खाली गराएइको छ । प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग, होस्टेल भवन, रातो भवन र प्राधिकरणका निर्देशक क्वार्टर खाली गराएको हो ।

चीनको हुवाई प्रान्तमा रहेका नेपालीलाई लिन जाने प्राविधिक टोली, प्लेनका पाइलट, को–पाइलट, एयर होस्टेज लगायतलाई भने नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिने भएको छ । प्राधिकरणको गेटअगाडि अचेल दैनिक स्थानीय बासिन्दाले सरकार वि’रुद्ध ना’राबाजी गर्ने गरेका छन् । कोही नारा लगाइरहेका देखिन्छन्, महिला र ज्येष्ठ नागरिकको मुहारमा निकै चिन्ता र त्रास देखिन्छ ।

चीनबाट ल्याउन लागिएका नेपालीलाई राख्न विद्युत प्राधिकरण भवनमा क्वारेन्टाइन निर्माणको काम भइरहेको छ ।चीनबाट ल्याइने नेपालीलाई राखिने भएपछि विद्युत भवनमा संचारकर्मीलाई प्रवेश नि’षेध गरिएको छ । चीनमा कोरोना भाइरसका कारण म’हामारीको रुप लिएपछि त्यसबाट ब’चाउन नेपालीलाई स्वदेश फर्काउन लागिएको हो ।चीनबाट ल्याउने नेपालीलाई सरकारले खरिपाटीमा राख्ने तयारी गरेपछि बासिन्दाले वि’रोध जनाएका छन् ।

सरकारले अन्य विकल्प नखोजेर चीनबाट ल्याउने नेपालीलाई जवरजस्त भक्तपुरमै राख्न खाजेको बासिन्दाको भनाइ छ । चाँगुनारायण नगरपालिका र राजनीतिक दलले त्यसको वि’रोध गर्दै विकल्प खोज्न आग्रह गरेका छन्। सरकारले चीनबाट कोरोना भाइरस सङ्क्र मति भएका नेपालीलाई होइन, स्वस्थ्य नेपाली नागरिकलाई ल्याउने हो र उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर परीक्षण मात्रै गर्ने हो भनेरसम्म पनि स्थानीय जनतालाई बुझाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्