आफ्नै घर ज’लाएर लड्डु खाँदै हिँड्दा खरानीले भ’त्भती पो’ल्ने दिन आउला

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकप) ओली समूहकी नेत्री शान्ता चौधरीले प्रचण्ड( नेपालप्रति लक्षित गर्दै पछि झ’ल्याँस्स हुनुभन्दा अरू केही बाँकी नरहेको टिप्पणी गर्नुभएको छ । बिहीवार एक ट्वीट गर्दै नेत्री चौधरीले प्रचण्ड नेपालको अनुहारमा कुनै च’मक नदेखिएको समेत बताउनुभएको हो ।

आफ्नै घर ज’लाएर पुरै ख’रानी बनाइसकेर त्यही ख’रानी धसेर बिजय जु’लुस निकाल्दै ल’ड्डु खाँदै हिँड्दा उनीहरूको मनमा कुनै आ’त्म ग्लानि नभएको समेत उहाँको भनाइ छ । उहाँले भन्नुभएको छ । ‘तर पनि अनुहारमा कुनै च’मक देखिएन अब बिस्तारै त्यो ख’रानीले भ’त्भती पोल्ने दिन आउला अनि त्यसपछि झ’ल्याँस्स हुनुभन्दा के बाँकी रहने भयो र ।

यता नयाँ सत्ता समीकरणको तयारी ती’व्र भइरहेको बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले ब’हिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्र’स्ताव गरेका छन् । आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गौतमले सो प्रस्ताव राखेका हुन् ।गौतम निकट नेता ताज मोहम्मद मियाका अनुसार प्रचण्डलाई भेट्न गौतम बिहान सात बजे खुमलटार पुगेका थिए ।

उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो ।प्रचण्डसँगको भेटमा गौतमले ओलीलाई अ’पमान महसुस नहुने गरी प्रधानमन्त्रीबाट विदा गरेमात्र नेकपा ए’कताबद्ध भइराख्न मद्दत पुग्ने बताएको मियाले बताए । ‘वामदेव क’मरेडको प्रस्तावमा प्रचण्ड क’मरेड पनि सकारात्मक हुनुहुन्छ,’ उनले भने, ‘एकताको वातावरण बनाइराख्नका लागि सक्रिय हुन पनि प्रचण्डले भन्नु भएको छ ।’

नेकपा दुई खेमामा बिभाजित भएको बेला गौतम त’टस्थ बसेर पार्टी एकताको पहल गर्दै आएका छन् । उनले बुधबारमात्रै विज्ञप्ति प्रकाशित गरी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई पार्टी एकताको पहल गर्न आग्रह गरेका थिए ।सर्वोच्च अदालतले संसद विघ टनको क’दम खा’रेज गरिदिएपछि प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने र पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएर पछिल्लो परिस्थितिबारे छलफल गर्नुपर्ने धारणा गौतमले राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्