नेपाल फर्किए मास्टर सेफ ‘युके’ का उपविजेता सन्तोष साह, विमानस्थलमा भव्य स्वागत

काठमाडौं : मास्टर सेफ ‘युके’ मा उपविजेता सन्तोष साह नेपाल फर्किएका छन्। बिहिबार काठमाडौं ओर्लिएका साहलाई त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्था र नेपालका सेफहरुले उनलाई स्वागत गरेका हुन्। सेफ साह प्रतियोगितामा उपविजेता बनेका थिए।

प्रतियोगिताभर नेपाली खाना प्रस्तुत गरेका उनले बनाएको कोदोको खीर, नेपाली गुन्द्रुक, भटमास लगायतका खानेकुरा आकर्षण बनेका थिए । बेलायत मै बस्दै आएका सन्तोष नेपालको सिरहाको कारजन्हामा जन्मिएका हुन् । ३५ वर्षीय सन्तोषले मास्टरसेफ मार्फत् धेरैको मन जितेका छन्। सुरुवातदेखि नेपाली खानाका परिकारहरू बनाएका उनले यस कार्यक्रमले आफ्नो जिन्दगी बदल्दिएको बताउँछन्।

उनले प्रतियोगिताभर नेपाली खाना प्रस्तुत गरेका थिए । उनले बनाएको कोदोको खीर, नेपाली गुन्द्रुक, भट्टमास लगायतका खानेकुरा आकर्षण बनेका थिए । उनी बिहीबार बेलायतबाट स्वदेश फर्केका हुन् । त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्ड लगायत विभिन्न संघसंस्थाले उनलाई स्वागत गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्