अदालतले केपी ओलीलाई ह’राए पनि नेपाली जनताले जिताउने छन् : महेश बस्नेत

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले प्रतिनिधि सभा विघटन गर्ने सर्वोच्च अदालतको फै’सला वि’वादित रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली निकट राष्ट्रिय युवा संघको भेलालाई बुध बार काठमाडौंमा सम्बोधन गर्दै नेता बस्नतेले सर्वोच्चको फै’सला जनताको भावना अनुसारको नआएको जिकिर गरे।

‘सर्वोच्च अदालते अहिले हामीलाई हराएको जस्तो देखिएको छ। सर्वोच्चले मनमाेहन अधिकारीलाई पनि हराएको थियो,’ उनले भने,‘तर, मनमहोन नेपालको राजनीतिबाट कहिल्यै हारेनन्। नेपाली जनताको मनबाट कहिल्यै हराएनन्।’ सर्वोच्च अदालतको फै’सलाले लोकतान्त्रि पद्धतिलाई स्वीकार नगर्ने उनको भनाई छ। ‘आज केपी ओली कमरेडले हारेको जस्तो देखिएको छ। तर, अदालतको यो फै’सला विवा’दित फैसला हो।

सर्वोच्चको फै’सला जनताको भावना अनुसारको फै’सला होइन,’ उनले भने,‘यसले लोकतान्त्रि पद्धतिलाई स्वीकार गर्दैन।’ तर, अदालतले प्रधानमन्त्री ओलीलाई ह’राए पनि नेपाली जनताले जिताउने उनको दाबी छ। ‘अदालतले ह’राए पनि नेपाली जनताले केपी ओलीलाई जिताउने छन्,’ बस्नेतले भने। तर, आफूहरु अदा’लतको फै’सला स्वीकार गर्ने र कार्यान्वयन गर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्