युएईमा अलपत्र परेका एक नेपालीको उद्धार

दुबई । युएईमा अलपत्र एक नेपालीको उद्धार गरिएको छ । दुबईको अल्कुजमा विगत दुई महिना देखि अ’लपत्र परेका कास्कीका पूर्णबहादुर (क्षेत्री) को उद्दार गरिएको हो । कम्पनीले खान ,बस्न तथा कामबाट बञ्चित गरेकोले विगत दुई महिना देखि खुल्ला चौर तथा सडकहरूमा बस्दै आएको पूर्णबहादुरको अवस्था बुझी उनलाई नेपाल फर्काउने प्रक्रियामा सहजीकरण गरिएको थियो ।

उनले आफूलाई कम्पनीले खान ,बस्न तथा कामबाट बञ्चित गरेकोले विगत दुई महिनादेखि खुल्ला चौर तथा सडकहरूमा बस्दै आएको बताएका थिए । स्वदेश फर्कनलाई आर्थिक अवस्था कमजोर रहेको भन्दै उद्धार गन नेपाल एसोसिएसन (एनआरएनए /एनसीसी) युएईलाई अनुरोध गरेका थिए।

एसोसिएसनले पीडित पूर्णबहादुरको अवस्था बुझी उनलाई नेपाल फर्काउने प्रक्रियामा सहजीकरण गरेको जनाएको छ । उनलाई नेपाल फर्कने हवाइ टिकटको पनि एसोसिएसनले व्यवस्था गरेको हाे । पूर्णबहादुरको बिहीबार दिउँसो १ बजे नेपाल फर्कने टिकट छ ।

प्रतिक्रिया दिनुहोस्