नोरा फतेहीले रु’दैँ भनिन्- ‘अडिसनमा बोलाएर मेरो मजाक उडाइन्थ्यो’

एजेन्सी : बलिउडकी डान्सिग क्वीन नोरा फतेहीको एउटा भिडियो भा’इरल भएको छ । उक्त भिडियोमा नोरा निकै भा’वुक छिन् । उनले आफ्ना क’रियरको सं’घर्षको दिनहरुको बारेमा खुलासा गरेकी छन् । नोराको अन्तरवार्ताको क्रममा भनेकी छन्, ‘मलाई लागेको थियो भारत आएपछि मलाई लिन कार आउँछ अनि म अडिसनका लागि जानेछु ।

तर भारत आएपछि मलाई कसैले थ’प्पड हानेजस्तै भयो ।’ नोराले एक अन्तरवार्ताको क्रममा भनिन्, ‘हरेक अडिसनमा रि’जेक्सनको सामना गर्नुपरेको थियो। मलाई निर्देशकहरुले जानीजानी हि’न्दीमा लेखिएको स्क्रीप्ट दिन्थे ता कि मेरो मजाक उडा’उन सकियोस् । मलाई त्यसकारण निकै पी’डा हुन्थ्यो ।’ उनी उक्त अन्तरवार्तामा रुँदै आफू माथि भएको दु’र्व्य वहारको खु’लासा गरिन् ।

यो पनि, नेपाल-अमेरिका सम्बन्ध अझै बलियो हुनेछ : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन स’मक्ष अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । को’रोना भा’इरस सङ्क्रमणका कारण पत्राचारमार्फत ओहोदाको प्रमाणपत्र बुझाइएको हो ।

नवनियुक्त राजदूत खतिवडाले बुझाएको ओहोदाको प्रमाणपत्र राष्ट्रपति बाइडेनले स्वीकृत गर्दै उनलाई अमेरिकामा कूटनीतिक व्यक्तिका रूपमा स्वागत गरे।साथै राष्ट्रपति बाइडेनले आफ्नो सरकार दुई देशको सम्बन्ध थप बलियो बनाउन र साझा कार्यसूचीमा एक साथ काम गर्न इच्छुक रहेको बताएका छन्। ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा राजदूत खतिवडाले नेपालका प्रधानमन्त्री तथा नेपाली जनताको तर्फबाट राष्ट्रपति बाइडेनको सफल कार्यकाल, सुख र स्वास्थ्यको कामना गर्नुका साथै अमेरिका र त्यहाँको जनताको समृद्धि का लागि शुभकामना व्यक्त गरेका थिए ।

साथै उनले राष्ट्रपतिले व्यक्त गरेको शुभेच्छा र न्यानो स्वागतका लागि धन्यवाद प्रकट गरे। राजदूत खतिवडाले नेपालको समग्र विकासमा अमेरिकी सरकारले गरिरहेको सहयोगको सराहना गर्दै आगामी दिनमा बहुपक्षीय क्षेत्रमा सम्बन्ध विस्तार गरेर दुई देशबीच गहिरो र फराकिलो सम्बन्ध बनाउन सहकार्य गर्ने चाहना व्यक्त गरेको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ । याे खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्