सन्तोष भन्छन्- जब म प्लाष्टिकको झोला र पाउरोटी बेच्थेँ खुसी नै थिएँ, अहिले पनि खुसी नै छु

सिबी अधिकारी, काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहेनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तीनै मध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स् युके’ को उपविजेता बन्नुभएको थियो ।

पाककलाका बादसाह मानिने सन्तोषको नेपालमा मात्र होइन, विश्वभर चर्चा चुलिएको छ । विश्व चर्चित सञ्चार माध्यमले साहलाई ‘सेलीब्रेटी’ बनाए । कारण थियो उहाँको सामान्य र सरल जीवन, दुःख, सङ्घर्ष, दैनिकी र सफलतासँग जो’डिएका कथा । हो, आज उनै सेफ साह विश्वको नजरमा पर्न सफल भए, जसले नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको सान र गरिमालाई पनि उँचो बनाउन भूमिका खेले ।

“नाम राख्नलाई नेपाली भएर जन्मिएपछि संसारमा सफलता पाउन कठिन छैन मेहेनत चाहिन्छ । विश्वबजार घुमेर नेपाली खानाको प्रवद्र्धन गर्ने योजना बनाएको छ”, बेलायतको च’र्चित मास्टर सेफको उपविजेता बनेपछि पहिलोपटक आज नेपाल आउनुभएका सेफ साहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त कुराकानीका क्रममा भन्नुभयो ।

खाद्य गुणस्तर अभिवृद्धिबारे सचेतना फैलाउने उद्देश्यका साथ अघि बढ्ने योजना साहले सुनाउनुभयो । बेलायतमा छिट्टै रेस्टुरेन्ट सञ्चालन गर्ने र नेपालमा पनि रेस्टुरेन्ट खोल्ने योजना बनाउनु भएका साहले यसमा नेपाली सेफले अवसर पाउने बताउनुभयो । उहाँ भन्नु हुन्छ, “मेहेनत नै हो हाम्रो सफलता, जति उपलब्धि छ, त्यसैमा खुशी हुन सिक्नुपर्छ ।

जब म ‘प्लास्टिकको झोला बेच्दथे र पाउरोटी बेच्थे त्यतिबेला पनि खुशी थिएँ, अहिले यो सफलतामा पनि खुशी नै छु।” अहिले जतिपनि सेफहरू हुनुहुन्छ उहाँहरूले नेपाली खाना जन्मेदेखि बनाएको र आफूले दुई वर्षदेखि बनाउन थालेकाले अझै नेपाली सेफहरू बाट धेरै सिक्नका लागि नेपाल आएको सुनाउनुभयो । “नेपालमा जन्मेपछि केही कुरा पनि गाह्रो हँुदैन ।

खाली सोच बनाएर कर्ममा तल्लीन हुनुपर्छ”, उहाँले अगाडि भन्नुभयो, “हाम्रो ‘फुड इन हाइजिन’ छैन”, चिसो खाना नखानु र बोतल बिनाको पानी नपिउनु भन्ने हाम्रो सन्देश हो । चिसो र बासी खानाले मानव शरीरलाई असर गर्छ । मेरो जति साथी हुन्छन् तातो खाना खानु, बोतलको मात्रै पानी पिउनु भन्ने मेरो सन्देश छ । विदेशीका लागि यो गुणस्तर कायम गर्नेपर्छ ।”

एउटा सामान्य नेपालीको छोरो यति ठूलो सफलतामा पुग्छ भन्ने विश्वासै थिएन । देशभित्र भान्से र खानाको लागि मान्यतै छैन। यो क्षेत्रमा पनि केही गरौँ भन्ने उद्देश्यका साथ लागि सङ्घर्षको यात्रा शुरु गरेको साहले बताउनुभयो । उहाँले सेफकै लागि १० वर्ष भारतमा काम गरेको भए पनि नेपालको खाना र नेपालको पहिचानको लागि केही गरौँ भनेर दिलैदेखि सोच आएको अहिलेको सफलता मिलेको बताउनुभयो ।

“अब, नेपालको खानाको गुणस्तर बढ्छ, खानाबाट पनि सरकारले आम्दानी गर्न सक्छ ।” अहिलेको सफलतालाई लिएर अझै दोब्बर सफलता पाउने गरी नेपाल प्रवद्र्धनमा जुट्ने साहको भनाइ छ । साहले पाँच भाषामा पुस्तक प्रकाशन गर्दै हुनुहुन्छ । चर्चित पेन्गु इन पब्लिकेशनले साहको ‘कुक बुक’ पुस्तक प्रकाशन गर्नेछ । पुस्तक प्रकाशनको कामका लागि पनि आफू नेपाल आएको साहले बताउनुभयो ।

खानाको विश्वव्यापी ‘रोडम्याप’ बनाएको र लण्डनबाटै यो अभियान शुरु गरिने उहाँले जानकारी दिनुभयो । भान्सेको संस्कार नेपालमा छैन तर, सुधार गरे सम्भव हुन्छ । खाना सबैले बनाउँछन् गुणस्तरीय खानामा ध्यान दिनुपर्छ । सरसफाइ र स्वच्छतालाई अभियान कै रुपमा नेपाल अघि बढे सफलतामा पुग्न भन्ने उहाँको वाणी छ ।

नेपालमा के गर्दैछन् सेफ साह : प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको पहल र समन्वयमा नेपाल आउनुभएका साह करिब एक महिना नेपालमा रहनुहुनेछ। उहाँ पाटाको ४४औँ वार्षिक साधारणसभाको प्रमुख वक्ता का रूपमा सहभागी हुनुहुनेछ । नेपाल पर्यटन बोर्डलगायत संस्थाले गर्ने कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । पाँच दिन होटल क्वारेन्टिन बसाइपछि पर्यटकीय गतिविधिमा सक्रिय हुनुहुनेछ ।

सामाजिक दूरीका साथ विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । काठमाडौँ पार्क भिलेज र टर्किज एयरवेजको सहकार्यमा पाटा नेपालको अग्रसरतामा सेफ साह नेपाल आउनुभएको हो । नेपालको पाकशास्त्रलाई व्यापक अनुसन्धान गरी पर्यटनका विविध विधा मध्ये पाकवान पनि महत्वपूर्ण पाटो बन्न सक्ने भन्ने सन्देश दिनु पनि उहाँको नेपाल आगमनको उपलब्धि भएको पाटाका कोषाध्यक्ष खेम लकाईँले बताउनुभयो ।

नेपालका चर्चित सेफ गोविन्दनरसिंह केसीले नेपालको ४० वर्षे सेफ इतिहासमा नेपाल र नेपालको परिकारलाई विश्वभर चिनाउन सफल भएकामा खुशी व्यक्त गर्नुभयो । पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले सेफ साहको नेपाल आगमनले कोभिडबाट थ’लिएको मुलुकको पर्यटनलाई प्रवद्र्धनका साथै नेपाल गन्तव्यलाई खानाको माध्यमबाट विश्वभर पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसरी विश्वभर कहलिए : बेलायतको चर्चित प्रसारण सेवा बिबिसीबाट प्रसारण हुने प्रतिष्ठित ‘मास्टर सेफ प्रोफेसनल्स् २०२०’ मा सहभागी सन्तोष साह उपविजेता बन्नुभएको थियो । संसारभरका विभिन्न कुइजिनका झण्डै तीन दर्जन सेफहरूले भाग लिएको उक्त प्रतिस्पर्धाको ‘ग्राण्ड फिनाले’सम्म पुग्ने अन्तिम तीनमा सन्तोष पनि हुनुहुन्थ्यो । ग्राण्ड फिनाले एपिसोडमा नेपाली ढाकाटोपीमा देखिएका सन्तोष दोस्रो बन्नुभयो ।

उहाँले अन्तिम प्रस्तुतिमा नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेर नेपाली प्रसंशा बटुल्नुभएको थियो । साहको यो सफलतालाई संसारभरका सञ्चार माध्यमले स्थान दिए । नेपालको पहिचानलाई विश्वभर फैलाउन र पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण सहयोग पुगेको छ । अन्तिम प्रतिस्पर्धामा सेफ साहले हड्डीवाला भैँसीको मासु, खोले साग, भेडाको गिदीलगायत परिकार पकाएर चरेशको थालमा पस्किनुभएको थियो ।

खानासँगै उहाँले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ‘ऐला’ पनि ‘सर्भ’ गर्नुभएको थियो। बिबिसी मास्टर सेफमा नेपाली खानासहित भाग लिने पहिलो सेफ सन्तोषको फाइनलसम्मको यात्रा प्रभावशाली रह्यो, जसले उहाँलाई विश्वस्तरमा प्रतिष्ठित बनायो । सिस्नु को तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचार लगायत दर्जनौँ मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किनुभएका साह देश विदेशका लाखौँ नेपालीको मन जित्न सफल हुनुभएको छ । नेपाली खानाको मौलिकता र विविधतालाई विश्वमाझ चिनाउनु नै आफ्नो प्रमुख लक्ष्य बताउने सन्तोषले भविष्यमा नेपाली खानाको प्रवद्र्धनमा निरन्तर जुटिरहने बताउनुभयो ।

विमानस्थलमा भव्य स्वागत : ‘मास्टर सेफ युके’मा उपविजेता ‘फस्ट रनरअप’ भएका साह आज नेपाल आउनु भएको छ । मध्याह्न काठमाडौँ ओर्लिएका साहलाई विमानस्थलमा भव्य स्वागत गरियो । नेपालका सेफ तथा पर्यटन व्यवसायीले स्वागत गरेका हुन् । नेपालमा लामो समयदेखि काम गरेका ‘लेजेन्ट’ सेफ तथा युवा सेफहरूको उपस्थितिले माहोल निकै भावुक बनेको थियो ।

को हुन् साह : नेपालको सिरहाको करजन्हामा जन्मिएका साह हाल बेलायतमा बस्नुहुन्छ । सात दाजुभाइ दिदी बहिनीमध्ये उहाँ सबैभन्दा कान्छो सदस्य हुनु हुन्छ । सानै उमेरमा बुबाको साथ गु’माएका साहले १० वर्षको उमेरदेखि काम गर्न थाल्नुभयो । स्थानीय बजारमा प्लास्टिकको झोला बेच्नेदेखि पाउरोटी किनेर बेचेको पनि उहाँसँग अनुभव छ ।

नेपालमा कक्षा १० सम्म पढेका साहले एसएलसी उत्तीर्ण गर्न नसकेपछि कामको खोजीमा सन् २००० मा १५ वर्षको उमेरमै भारतको गु’जरात पुग्नुभयो । उहाँले अहम’दा’वादको एक रेस्टु’रेन्टमा भाडा माँ’झ्ने काम शुरु गर्नुभयो। एकपछि अर्को होटलमा काम गरेर नयाँ अनुभव सम्हाल्नुभयो । कामकै सिलसिलामा पकाउन सिक्नुभयो अनि अङ्ग्रेजी भाषाको ज्ञान पनि लिनुभयो । पछि होटल व्यवस्थापनमा डिप्लोमा गरेर सात वर्षमै उहाँ एक पाँचतारे होटलको सेफ बन्नुभयो ।

सेफ साहले भारतमा खानेकुरा महोत्सवसमेत आयोजना गर्नुभयो । महोत्सवले साह बारे तारिफ बढ्यो । लगत्तै बेलायतबाट एक गु’जराती व्यवसायीको सहयोगले सन्तोषलाई बेलायतमा रहेर काम गर्ने प्रस्ताव राखे । उहाँ सन् २०१० मा बेलायत जानुभयो र एक रेस्टुरे न्टमा काम गर्नुभयो । बेलायतकै ललित होटल र बनारसमा समेत काम गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्