अर्काको घर बिगार्ने श्रीमान्-श्रीमतीलाई कारबाही गर्न सांसदको माग

काठमाडाैं : वैदेशिक रोजगारमा गएर फर्केकाहरुको घरबार बिग्रेको भन्दै सांसद शान्ति माया तामाङ पाख्रिनले चिन्ता ब्यक्त गरेकी छन्। बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले घर विगार्ने श्रीमान्-श्रीमती दुवैलाई कारबाहीको माग गरेकी हुन्। ‘रंगीन सपना बोकेर रोजगारीका निम्ति नेपाली युवा युवती विदेशिएका हुन्छन्।

यो रहर होइन बाध्यता हो’ उनले भनिन्, ‘खाडीको मरुभूमिमा पसिना चुहाउँदै श्रम गरी ३-४ वर्ष पछि घर फर्कंदा आफ्नो साथमा न त श्रीमती, नत श्रीमान्, न त दु:ख गरी कमाएको सम्पत्ति हुन्छ। यो नेपाली समाजमा झाँगिदो विकृति हो।’ उनले घर सम्हाल्न नसक्ने र घर विगार्ने महिला-पुरुषलाई कारबाहीको माग गरेकी छन्।

‘श्रीमान् वा श्रीमती विदेश हुँदा घर परिवार सम्हाल्न नसक्ने महिला वा पुरुष र अर्काको घर बिगार्ने दुवैलाई कडा भन्दा कडा कारबाहीको माग गर्दछु’ उनले भनिन्। रंगीन सपना बोकेर रोजगारीका निम्ति नेपाली युवा युवती विदेशिए पनि सोही रंगिन सपनाले कति मानिसको घरवार विगारेको भन्दै त्यस्तो कार्यमा संलग्न दुवैलाई कारबाही गर्न माग गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्