यसरी ब’निन् फि’लिपिन्सकी चे’ली, थारुकी बु’हारी

काठमाडौं : कैलालीको धनगढी उपमहानगर पालिकाका–७ देवहरियाका शेरबहादुर चौधरी (३०) । जसले हालै फिलिपिन्सकी युवतीसँग थारु परम्परागत विवाह सं’स्कार अनुसार लगनगाँठो कसेका छन् । उनले फिलिपिन्सकी ईलुईलु शहरकी ह्यानी गोहुम अर्तुज (३०) को सिउँदो सजाएका हुन् । त्यसैले भनिन्छ होला- प्रेम अ’न्धो हुन्छ ।

उनीहरूको प्रेमले देशको सीमाना देखेन । भौगोलिक दुरी मानेन । ध’र्म, समाज, संस्कार र पारिवारिक अने’कन ब’न्धनहरू पनि देखेन । धनगढी देवहरियाका शेर बहादुर ९ वर्ष पहिले वैदेशिक रोजगारीको क्रममा दुबई हानिए । सुरुवाती चरणमा उनी दुबईको क्यारीफोर कम्पनीमा ट्रली ब्वाईको रूपमा कार्यरत थिए । फिलिपिन्सकी ईलुईलु शहरकी ह्यानी पनि वैदेशिक रोजगारीको क्रममा ५ वर्ष पहिले सोही कम्पनीको क्यासियर पदमा कार्यरत भइन् ।

कम्पनीको पदीय क्रमअनुसार शेरबहादुर ह्यानीभन्दा तल्लो ओहोदामा कार्यरत थिए । एउटै कम्पनीमा कार्यरत हुँदा उनीहरूबीच चिनजान भयो। त्यसपछि बिस्तारै उनीहरूबीच प्रेमको अंकुरण हुन थाल्यो । सायद त्यसैले भनिन्छ होला- प्रेम अ’न्धो हुन्छ । उनीहरूको प्रेमले देशको सीमाना देखेन । भौगोलिक दुरी मानेन । ध’र्म, समाज, सं’स्कार र पारिवारिक अ’नेकन बन्ध’नहरू पनि देखेन ।

सबै बन्ध’नबाट उन्मुक्त थियो । निकै निश्चल थियो, उनीहरूको प्रेम । ५ वर्षको अवधिमा कहिल्यै नछुट्टिने गरी नै झांगि’यो। ‘मलाई लाग्छ, प्रेम सम्बन्धको कुनै बन्धन हुँदैन। त्यो हामीमा पनि लागू हुन्छ, शेरबहादुरले ह्यानीसँगको सम्बन्ध खुलाउँछन्, फरक देश, फरक समाज, फरक संस्कृतिबाट आउन सक्ने स’म्भावित चु’नौतीहरू सामना गर्न हामी तयार भयौं ।फलतः संगै बाँ’च्ने, म’र्ने बा’चाका साथ वि’वाहको कदम रोज्न राजी भयौं ।

विवाहअघि नै ससुराली पुगेँ प्रेम सम्बन्धपछि विवाह गर्न राजी भएका शेरबहादुर ससुराली देश फिलिपिन्सको ईलुईलु पुगे । ससुरा विलियम अर्तुज र सासु मारगोरिता अर्तुजसँग भेटघाट गरे, सम्बन्ध बढाए । प्रे’म सम्बन्धपछि ह्यानी र आफू सँगै बस्ने निर्णय सुनाए । ‘ससुराली पुगेँ, स्वागत सत्कार गरे । स्नेह, मा’या दिए मलाई । हामीले हाम्रो निर्णय सुनाएपछि सुसुराली तर्फबाट राम्रो प्रतिक्रिया पायौं ।

उहाँहरूको सकारात्मक प्रतिक्रियाले हाम्रो प्रे’मले निस्फिक्री फक्रिने वातावरण पायो,शेरबहादुर अगाडि थप्छन् ।उनको सुसुराली परिवारमा (≈यानीको माइती) सासु, ससुरा, २ जना जेठान, २ जना साला, १ दिदी रहेका छन्। समान्य कृषि पेशामा ससुरानी परिवार आवद्ध रहेको शेरबहादुर सुनाउँछन् । उता शेरबहादुर पुगेपछि, १ वर्ष पहिले ह्यानी पनि नेपालको सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढी आइन् ।

धनगढीभित्रको थारु वस्तीमा १५ दिन बिताइन् । फलतः भौगोलिक, सामाजिक, सांस्कृतिक, भाषिक लगायत कठिनाईलाई ति’लाञ्जली दिएकी ह्यानी अब थारु परिवारको बुहारी बनेर भित्रिएकी छन् ।हाल उनको माध्यम भाषा अंग्रे’जी हो । तथापि उनी नेपाली भाषा पनि सिक्ने प्रयासमा छिन् । शेरबहादुरको परिवारमा उनको बुवा, आमा, दाई भाउजु, दिदी र भतिजो छन् । यो खबर लोकान्तर न्युजका लागी लखन चाैधरीले लेख्नु भयको छ ।

प्रतिक्रिया दिनुहोस्