चीन जा’न मा’नेनन् नेपाल एयरलाइन्सका पाइलट

काठमाडौं : सरकारले चीनमा रहेका नेपाली विद्यार्थीहरुलाई उद्दार गर्न नेपाल एयर लाइन्सको वाइड बडी जहाज पठाउने तयारी गरे पनि जहाजका पाइलट भने चीन उड्न तयार भएका छैनन् । स्रोतका अनुसार उडान तयारीका लागि रोस्टर बनाउँदा त्यसमा प्रस्ताव गरिएका पाइलट र एयरहोस्टेजले चीन जान अस्वीकार गरेका हुन्।

जहाजमा ३ जना क्याप्टेन, ३ जना को–पाइलट, ४ जना क्याबिन क्रु र ४ जना स्वास्थ्यकर्मी पठाउने तयारी भएको छ। नेपालले चीनको वुहान लगायत अन्य सहरबाट १सय ८० जना नेपाली विद्यार्थीलाई उद्दार गर्न फागुन ३ गते जहाज पठाउने बताइएको छ। नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले सकेसम्म फागुन ३ गते जहाज पठाउने तयारी भएको जानकारी दिइन्।

सरकारले चीनबाट ल्याइने विद्यार्थीलाई क्वा’रेन्टाइनमा राख्न भनेर भक्तपुर खरिपाटी स्थित विद्युत प्राधिकरणको दुईवटा भवन खाली गराएको छ । चीन स्थित नेपाली दूतावासमा यस अघि नै १ सय ८० जना नेपाली विद्यार्थीले घर आउनलाई फाराम भरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्