दक्षिण एसियामै ‘उत्कृष्ट’ औद्योगिक पार्क शि’लान्यास गर्न झापा पुगे प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका छन्। यती एयरलाइन्स मार्फत उनी भद्रपुर विमानस्थल पुगेका हुन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भए पछि प्रधानमन्त्री ओली पहिलो पटक गृहजिल्ला गएका हुन्। झापा क्षेत्र नम्बर ५ मा चीन-नेपाल मैत्री औद्योगिक पार्क (चाइना–नेपाल फ्रेन्ड्शिप इन्डस्ट्रियल पार्क) को शि’लान्यास कार्यक्रम छ।

यो प्रधानमन्त्री ओलीकै निर्वाचन क्षेत्र पर्दछ । औद्योगिक पार्क दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकामा बन्न लागेको छ। नेपालकै सबैभन्दा ठूलो पारदर्शी र प्रविधियुक्त पार्कको शिलान्यास गर्न ओली आउन लागेपछि उनको स्वागतका लागि ठाउँठाउँमा स्वागत गेट र कार्यक्रमस्थलमा वि’द्युत् सेवा र इन्टरनेट व्यवस्थापन गरिनुका साथै सु’रक्षा व्यवस्था क’डा बनाइएको छ।

नेपालकै सबैभन्दा ठूलो पारदर्शी र प्रविधियुक्त पार्कका रूपमा विकास गर्न लागिएकाे साे पार्क शिलान्यास कार्यक्रम आज राखिएकाे छ। कार्यक्रममा प्रधानमनत्री ओली उपस्थित हुनेभएपछि उहाँकाे स्वागतका लागि ठाउँ-ठाउँमा स्वागतद्वार बनाइएकाे छ। साथै उहाँकाे स्वागतमा विभिन्न जातजाति सं’स्कृति झ’ल्कने झाँकी प्रस्तुत गरिने जनाइएकाे छ । ची’न-नेपाल मैत्री औद्योगिक पार्क १ हजार ६०० हेक्टर क्षेत्रफलमा बन्ने बताइएकाे छ ।

चार चरणमा निर्माण सम्पन्न हुने पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै ‘उत्कृष्ट’ हुने दाबी गरिएकाे छ । पार्क निर्माण पूर्णतः चिनियाँ सहयोग रहनेछ । पार्क निर्माणका लागि करिब २२ सय बिघा क्षेत्रफल चाहिनेमा हालसम्म १३ सय बिगाहा जमिन एकीकृत गरिसकिएको बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्