द’लितले छोएको दही खाँदा बहि’ष्कृत भएकालाई न्याय दिन आयोगको आग्रह

खोटाङ : राष्ट्रिय मानव अधिकार आयोगले द’लितले छोएको द’ही खाएको निहुँमा अघो’षित रूपमा सामाजिक बहि’ष्कारमा पारिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ७७ वर्षीय टङ्कप्रसाद आचार्यलाई न्याय र सुरक्षाको प्रत्या भूति दिलाउन प्रशासन तथा स्थानीय सरकारसँग आग्रह गरेको छ।

छु’वाछूत मुक्त समाज निर्माणका लागि प्रदेशनं १ को अभियानअन्तर्गत जिल्ला समन्वय समितिले विसं २०७६ जेठ १८ गते आयोजना गरेको सहभोजमा सहभागी हुने क्रममा दलित युवतीको हा’तबाट द’ही खाएको निहुँमा सामाजिक बहि’ष्करणमा परेका आचार्यलाई मा’नसिक पी’डाबाट मुक्ति दिन र आवश्यक सुरक्षाको प्रत्याभूति गराउन आयोगको प्रदेश शाखा कार्यालय खोटाङले जिल्ला प्रशासन कार्यालय र नगरपालिकालाई पत्राचार गरेको हो।

द’लितले छो’एको खाएको निहुँमा आफन्तबाटै अघो’षित रूपमा बहि’स्कार गरिएको घ’टनाका विषयमा सुक्ष्म अनुसन्धान गरी दो’षीलाई कानूनी दायरामा ल्याउन प्रशासन र नगरपालिकालाई भनिएको आयोगको प्रदेश शाखा कार्यालयका प्रमुख उपसचिव श्यामबाबु काफ्लेले बताए। आयोगका सचिव वेद भट्टराई तथा अधिकृत सं’लग्न उच्चस्तरीय टोलीले घरैमा पुगेर अनुगमन गरेलगत्तै आयोगको प्रदेश शाखा कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै पी’डित आचार्य परिवारले न्या’य पाउनु पर्ने पक्षमा धारणा सार्वजनिक गरेको हो ।

जा’तीय भे’द’भाव वि’रुद्धको सहभोजमा सहभागी भएको अवस्थामा द’लितले छो’एको द’ही खा’एको आ’रोपमा आचार्यलाई आफन्त तथा छिमेकीबाट निरन्तर सामाजिक बहि’ष्करण हुँदै आएको प्रारम्भिक अनुगमनबाट देखिएको आयोगले विज्ञप्तिमा उल्लेख गरे को छ। आयोगले सामाजिक कु’रीति तथा वि’भेद वि’रुद्धको अभियानमा लागेका ज्येष्ठ नागरिक माथि का’नूनद्वारा द’ण्डनीय हुनसक्ने कुनै पनि कार्य नगर्न/नगराउन स्थानीयवासी एवं राजनीतिक दललाई समेत आग्रह गरेको छ । घ’टनाको केही समयपछि बाबुको श्राद्धका लागि बोलाइएको आफ्नो पुरोहित नआएपछि आचार्यले अर्कै पुरोहित बोलाएर श्राद्ध गरेका थिए।

घरमा कुशेऔँशीका दिन पनि पुरोहितले कुश नल्याएको आचार्यको गुनासो छ। समाजमै अघो’षित बहि’स्कारको शि’कार बनाइएको भन्दै आचार्य न्यायको या’चना सहित विसं २०७६ भदौ ३ गते प्रदेशनं १ का मुख्यमन्त्री शेरधन राईलाई गु’हारेका थिए। सामाजिक बहि’स्कारमा परेको भन्दै आचार्यले ‘न्याय दिन वा फाँसीको सजाय दिन’ भनेपछि मुख्यमन्त्री राईले तत्काल प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर सहज वातावरण बनाउन निर्देशन दिए पनि का’रवाही भएको छैन। रासस

प्रतिक्रिया दिनुहोस्