फेवातालको क्षेत्रफल ५ दशमलव ७२६ वर्ग किलोमिटर कायम

तारा चापागाई, फागुन १६ गते । पर्यटकीय आकर्षणको केन्द्र पोखरास्थित फेवातालको क्षेत्रफल ५ दशमलव ७२६ वर्ग किलो मिटर अर्थात ११२५५ रोपनी ११ आना १ पैसा कायम भएको छ । गण्डकी प्रदेश सरकारकै निरन्तरको अग्रसरता र प्रयासपछि तालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कनका लागि गठित समितिको प्रतिवेदन आईतवार सार्वजनिक गदै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिनुभएको हो ।

यसै गरि तालको सीमारेखाको परिधि १८ किलोमिटर कायम गरिएको छ। अध्ययनका लागि २०७७ कात्तिक २गते प्रदेश सरकारले जिल्ला विकास समिति कास्कीका पूर्व सभापति पुण्यप्रसाद पौडेललाई आफ्नो प्रतिनिधि तोकी नेपाल सरकारमा पठाएको सोही अनुसार गठित ९ सदस्य समितिले गरेको अध्ययनपछि तालको क्षेत्रफल कायम गरिएको हो । समितिले वैज्ञानिक एवं बहुआधारहरु तय गरी तालको चार किल्ला निर्धारण र सीमांकनको काम सम्पन्न गरेको हो ।

समितिले दिएको प्रतिवेदनका आधारमा २०७७ फागुन ११ गतेको मन्त्रि परिषदको बैठकले तालको चार किल्ला निर्धारण, सी’माङ्कन तथा नक्सांकन स’म्बन्धी निर्णय गरेको थियो । त्यसअघि २०७७ फागुन २ गते समितिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री शिवमाया तुम्बाहाम्फे र सचिव टेकनारायण पाण्डेलाई प्रतिवेदन पेश गरेपछि सोही दिन मुख्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन संघीय मन्त्रिपरिषदको निर्णयका लागि हस्तान्तरण गर्नुभएको थियो ।

समितिले ताल वरपर रहेका जन प्रतिनिधि, स्थानीय वासिन्दाहरु तथा ज्येष्ठ नागरिकसँगको अन्त’रक्रिया, फेवा तालमा मिसिन आउने खोलाहरूको अवस्थिति र आकार, फेवा बाँधको उचाइ र वर्षाको समयमा पानीले ओगट्ने क्षेत्रफल, फेवा तालका हालसम्म भएका अध्ययन प्रतिवेदनको विश्लेषण र दुर सम्वेदन तथा भू–भौतिक (इलेक्ट्रिकल रेसिसटिभिटी टोमोग्राफी) अध्ययन मार्फत वैज्ञानिक तबरबाट क्षेत्रफल कायम गरेको कार्यक्रममा मुख्यमन्त्रीले जानकारी दिनुभयो ।

यस्तो छ चार किल्ला सीमांकन : पूर्वमा ‘ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी–चङ्खपुर बीचको दम्किलो र दक्षिणमा चिसापानी रानी वन’ क्षेत्रलाई तालको चार किल्ला कायम गरिएको छ । तालको तल्लो तटीय क्षेत्र (ड्यामसाइ ड, रानीवन, गौरीघाट, लेकसाइड, गैराको चौतरा, सेदी, खपौंदी, लामीडाँडा, अनदु समेतको क्षेत्र) मा वर्षायामको अधिकतम पानीको किनारालाई तालको सीमाना मान्ने र फेवातालको मुहानतर्फ मोरेबगरको माछापोखरीबाट उत्तरपूर्वतर्फ हर्पन खोला पार गरी भकु ण्डेखोलाको अन्तिम घुम्ती नजिक हुँदै माझथुम ढिस्कोको दक्षिणी भाग लाई छोई पूर्व तर्फ रहेको दलदले ढाप क्षेत्रलाई समेटी पामे घाँटीछिना मोटर बाटोलाई तालको सी’मांकन कायम गरिएको छ । जस अनुसार तालको क्षेत्रफल ५ दशमवल ७२६ वर्ग किलो मिटर (११२५५ रोपनी ११ आना १ पैसा) कायम भएको कार्यक्रममा मुख्य मन्त्रीले जानकारी दिनुभयो ।

दोस्रो चरणमा के के हुन्छ : समितिले आफ्नो कार्यक्षेत्रगत शर्तानुसार पहिलो चरणको कार्य सम्पन्न गरेसँगै दोस्रो चरणमा कामहरु अगाडी बढने मुख्यमन्त्रीले जानकारी दिनु भयो दोस्रो चरणमा तालभित्र परेका तथा दूषित दर्ता भएका जग्गाको लगत तयार गर्ने र त्यस्ता जग्गाको दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न भूमि सुधार तथा मालपोत कार्यालय कास्कीमा सिफारिस गने, नेपाल सरकारबाट पारित भएको फेवातालको परिशुद्ध तवरबाट सिमाना अंकित भएको नक्सा र वस्तुस्थिति सहित यसअघि विभिन्न निकायहरूबाट तय भएका मापदण्ड, सम्मानित सर्वोच्च अदालतको फैसला, प्राकृतिक न्यायको सिद्धान्त लगायत विषयवस्तुमा ध्यान दिई प्रचलित ऐन कानुन एवम् नीतिमा रही मा’पदण्ड तय गर्नका लागि पोखरा महानगर पालिकालाई निर्देशन गर्ने, ताल संरक्षणका लागि दी’र्घकालीन योजना बनाउन र सो कार्यका लागि थप जग्गा आवश्यक पर्ने भएमा यकीन विवरण सहित प्रस्ताव तयार गरी सुझाव दिने सगै फेवाताल संरक्षण सम्बन्धमा नेपाल सरकार मन्त्रि परिषद्को मिति २०७७।०४।०५ को निर्णय व्यवहारमा कार्यान्वयनका लागि सम्बन्धित निकायबाट गरिनुपर्ने कार्यहरुको सम्बन्धमा आवश्यक सुझाव दिने काम समितिले गर्नेछ ।

“पर्यावरणीय महत्वको फेवाताल दिनानु दिन प्राकृतिक र मानवीय अ’ति क्र’मणको चपेटामा पर्दा देशमात्रै हैन विश्व नै एकप्रकारले दुखेको थियो । फेवाताल पोखराका बासिन्दाको जीवनसँग मात्र नभई समग्र नेपाल र विश्वभरका मानिसहरुका लागि आकर्षणको केन्द्र भएको हुँदा यसको संरक्षण र संवद्र्धन अपरिहार्य थियो र छ भन्नेमा कुनै दुईमत नरहेको उहाँको भनाइ छ । “दशकौंदेखि फेवातालका बारेमा धेरै चिन्तन मनन भए । चासो राखिए ।

संरक्षणका आवाज उठे । धेरै समिति बने । अध्ययन अनुन्धान भए , स्वदेशी विदेशी थुप्रै प्रयास गरिए, तर ठोस काम हुन सकेन । मुलुक संघीयतामा गएपछि र प्रदेश सरकारहरुको गठन भइसके पछि प्रदेश सरकारले फेवातालको मुद्दालाई निकै संवेदनशील मात्रै ठह¥याएन, प्राथमिकतामै राख्यो जस्का कारण चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन जस्तो ऐतिहासिक कार्य गर्न सफल भएको दावी मुख्यमन्त्रीको छ ।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पहिलो कुरा संरक्षण भएकोले समितिले गरेको सीमाङकन र सरकारले गरेको निर्णय अनुसार थप काम हुने जानकारी दिनुभयो । चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कनको काम सकिएसगै अव दुषित जग्गाको पहिचान गरि दत्र्ता खारेजी सगै कानुनी रुपमा निमार्ण भएका भौतिक संरचना र सिमाङकनको मापदण्ड भित्र जग्गाको मुआब्जाको लागत संकलन गरिने बताउनुभयो । यी सवै काम सकिएपछि तालको सौन्दर्यकरण र संरक्षण कसरी गर्ने भन्ने कुराको निर्णय गरिने जानकारी दिनुभयो ।

२०१८ मा भारतले गरेको सर्वे अनुसारको सीमाङ्कन भेटिएन : कार्यक्रममा समितिका सदस्य समेत रहेका नापी कार्यलय कास्कीका खिमलाल गौतमले भारतले सर्वे गरेको २०१८ को सिमाङकनको आधार आफूहरुले अध्ययनको क्रममा नभेटेको जानकारी दिनुभयो । २०१८ अनुसार तालको १० वर्गकिमीभन्दा धेरै क्षेत्रफलमा फैलिएको भनेपनी त्यो कहिले पनि नभएको बताउँदै हाल जुन क्षेत्रफल कायम भएको छ त्यो नै तालको वास्तविक क्षेत्रफल रहेको उहाको भनाइ छ ।

गौतमले भन्नुभयो, इतिहासमा सर्वे अफ इन्डियाले भनेको अनुसार क्षेत्रफल कहिले थिएन् त्यो रिर्पोट मा भएको मात्र हो। नक्सा अनुसार ४.३९ वर्ग किमी छ । रिर्पोटमा मात्र १० वर्ग उल्लेख भएको कुरा हो कुनैपनि डकुमेन्टले त्यो पुष्टि हुन सक्दैन । समितिका संयो जक पुण्यप्रसाद पौडेलले त्यसवेला कुन आधारमा नक्सा बन्यो आफूहरुले अध्ययनका क्रममा फेला पार्न नसकेको बताउनु भयो । त्यो बेलाको सर्वे हेर्दा अनुमान नै गर्न नसक्ने बताउँदै ९ वर्ग किमी भन्दा धेरै अथवा २२ हजार रोपनीलाई आधार मान्ने हो भने सिमाना माथिसम्म पुग्छ, त्यो सर्वेलाइ आधार मान्ने हो भने विन्ध्यावासिनी मन्दिरसम्म ताल थियो भन्ने हुन्छ जुन हामी अनुमान नै गर्न सक्दैनौँ ।

प्रतिक्रिया दिनुहोस्