झुप्री भण्डारीको पहिलो गीत सार्वजनिक (भिडियो सहित)

काडमाडौं: रियालीटी शोबाट चर्चामा आएकी अछामकी झुप्री भण्डारी अब गायिका बनेकी छिन्। उनको स्वरमा रहेको ‘सम्झी रुना रुना’ गीत सार्वजनिक भएको छ। आफ्नै जीवन कथामा आधारित उक्त गीतमा भण्डारी र कमल संघर्षको शब्द रहेको छ। गीतमा लय भर्ने काम भने पाण्डव विष्टले गरेका छन्।

विनोद बाजुरेलीको एरेन्ज रहेको उक्त गीतलाई विनोद याक्खा र विरेन तितुङ्ग खिचेका हुन्। ‘आँखा देख्‍ने भए, मलाई हेप्‍ने समाज हेर्ने थिएँ’ दृश्यमा झुप्रीका अलवा उनका बुबाआमा क्रमश: बलराम भण्डारी नामसरा भण्डारीलाई पनि देख्न सकिन्छ। गीतको निर्दे शन भने कमल संघर्ष र बरुण रिजाल गरेका हुन्। झुप्री भण्डारी, यो नाममै गाउँघर मगमगाउँछ।

अछामको दुरदराजको झुप्रो घरमा जन्मिएकी उनै झुप्री एक ‘रियालिटी शो’बाट रातारात चर्चित बनिन्। जीवनभर दु:ख र आँसुलाई साथी बनाएकी झुप्रीले ‘सुदूर पश्‍चिमको अछामबाट काठमाडौं सम्म पुग्छु’ भन्‍ने कहिल्यै सोचेकी थिइनन् । दु:खलाई साथी बनाएर बाँचिरहेकी झुप्री घर, आँगन र बारीका डिलमा सुस्ताउँदै सुरिलो भाकामा गीत गाइरहन्थिन्। भिडियो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्