छोराको श’व बोकेर फर्किए जानकी, विजयको मृ’त्युबारे आमा बेखबर

दाङ। दाङको लमही नगरपालिका-२ मा सानो घर छ, ५० वर्षीय जानकी चौधरीको। तर, आफ्नै जग्गा जमिन छैन। वर्षौंदेखि अरूको जग्गा अधिया गरेर उनले परिवारको गुजारा चलाउँदै आएका छन्। श्रीमती पार्वती ’बिरामी भइ रहन्छिन्। उन लाई टाउको दु’खिरहने स’मस्या छ। शरीर कमजोर छ।जेठी छोरीको बिहे भइसकेको छ। विजय उनीहरूका जेठो छोरा।

आठ वर्ष अघि छिमेकीको स’हयोगमा जानकीले विजयलाई कामका लागि काठमाडौं पठाएका थिए । ललितपुरको सानेपा स्थित (हाल सेवानिवृत्त सचिव) अर्जुन कार्कीको घरमा १५ वर्षकै उमेरमा उनले विजयलाई काम गर्न राखिदिएका थिए। यो आठ वर्षमा विजय तीनपटक मात्र दाङस्थित घर पुगेका थिए। एक साताअघि मात्र विजयले बुबा जानकीलाई फोन गरेर ‘साहुनीले पाँच लिटर तोरीको तेल र मुसुरोको दाल मगाउन भन्नुभएको छ’ भनेका थिए।

जानकीका लागि त्यही नै छोरासँगको अ’न्तिम संवाद बन्यो। अब बिहे गरेर परिवारको जि’म्मेवारी स’म्हाल्ने उमेर पुगेका छोराको श’व बोकेर घर फर्किनु पर्ला भन्ने उनले कल्पनासम्म गरेका थिएनन्। मैले पत्याउनै सकिरहेको छैन”, पाटन अस्पतालमा पो’ष्टमार्टम् गरिसकेको श’व एम्बुलेन्समा बोकेर घर फर्किरहेका जानकीले भने, “घ’टनाको सत्य तथ्य के हो प्रहरीले अनुसन्धान गरोस्।”

उनले आजै महानगरीय प्रहरी परिसर ललितपुरमा घ’टनाको छा’नबिन गर्न भन्दै जा’हेरीसमेत दिएका छन्। डा कार्यालयबाट २७ माघ साँझ छोराको मृ’त्युको खबर पाएपछि जानकी २८ माघ बिहानै मामाको छोरा निमबहादुर चौधरीलाई साथमा लिएर काठमाडौं हा निएका थिए। जानकीले छोराको मृ’त्युबारे अहिलेसम्म श्रीमती पार्वतीलाई जानकारी दिएका छैनन्। “रो’गी श्रीमतीले छोराको मृ’त्युको खबर सहन सक्दिनँ”, भा’वविह्वल हुँदै उनले भने, “आफ्नै गाउँ ठाउँमा दा’हसंस्कार गर्न श’व बो’केर घर फर्कंदै छु।

प्रतिक्रिया दिनुहोस्