कोमल वलीलाई करिश्माको साथ‚ रघुजीलाई दिईन यस्तो चे’तावनी

काठमाडौं: अभिनेत्री करिश्मा मानन्धरले नेपाल कम्यनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले राष्ट्रियसभा सदस्य कोमल वलीमाथि गरेको टिप्पणीमा आपत्ति जनाएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा अभिनेत्री मानन्धरले नेता पन्तले दिएको अभिव्यक्ति प्रति आ’पत्ति जनाउँदै छोरी चेलीबारे बोल्दा विचार पुर्‍यनउन समेत चेतावनी दिएकी छन्।

उनले लेखेकी छन्, ‘छोरी चेलीबारे केही बोल्दा आफ्नी जननीलाई मस्तिष्कमा राखेर बोल्नुस ताकि समाजले यो सुन्नु पर्दा लज्जा महसुस नहोस्।’ नेता पन्तले केही दिनअघि एक कार्यक्रममा कोमल वलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पिँडुला देखाएर राष्ट्रियसभा सदस्य भएको टिप्पणी गरेका थिए। पन्तको यस टिप्पणीलाई लिएर विरोध भइरहेका बेला अभिनेत्री मानन्धरले पनि आपत्ति जनाउँदै यस्ता संकीर्ण सोंच र तुच्छ भावना देखेर आफूलाई दया लागेको बताएकी छन्।

साथै‚ उनले यस्ता व्यक्तिहरुलाई आफूलाई पहिले सम्मान गर्न पनि सुझाव दिएकी छन् । ‘त्यो अभिव्यक्ति सुन्दा पनि त्यो स्तरको सं’कीर्ण सोच र तुच्छ भावना बोकेको देखेर सेतै फुलेका बुज्रुक प्रति दया पनि लाग्यो सुझाव दिन मन लाग्यो,’ उनले लेखेकी छन्, ‘आदरणीय, पहिला आफूले आफुलाइ सम्मान गर्नुस, अनि अरुलाई सम्मान गर्न स्वतह सक्नु हुनेछ।’

प्रतिक्रिया दिनुहोस्