एकैदिन तोलामा १७ सयले घट्यो सुनको मूल्य !

काठमाण्डाै – सुनको भाउ आज एकैदिन तोलामा एकहजार सात सय रुपैयाँले घटेको छ। हिजो तोलाको ८८ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज एक हजार सातसय रुपैयाँले घटेर ८७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ५५० रुपैयाँ तोकिएको छ। सुनसँगै चाँदीको भाउ पनि घटेको छ। हिजो तोलाको एक हजार तीनसय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले घटेर एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइ रहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लागि रहेकाले नेपालमा पनि अझै घट्न सक्ने अनुमान छ ।

यो पनि, लघुवित्तलाई शाखा खोल्न कडाइ : नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तिय संस्थाको शाखा स्थापनामा कडाई गरेको छ । नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले आइतबार परिपत्र मार्फत लघुवित्त वित्तिय संस्थाले काठमाडौं उपत्ययकामा शाखा खोल्नु अघि मोफसलमा दुई वटा शाखा हुनुपर्ने व्यवस्था गरेको हो । यसअघि राष्ट्र बैंकबाट स्वीकृती पाए मात्र पुग्थ्यो ।

विद्यमान व्यवस्था अनुसार लघुवित्त वित्तिय संस्थाका शाखा नभएका स्थानिय तहका वडामा शाखा कार्यालय खोल्न राष्ट्र बैंकको स्वीकृती चाहिदैन । तर, काठमाडौं उपत्यका, महानगरपालिका र उपमहानगर पालिकामा वित्तिय संस्थाका शाखा नभएका स्थानिय तहका वडामा शाखा खोल्न राष्ट्र बैंकको पूर्व स्वीकृती लिनुपर्ने व्यवस्था छ । सोहि व्यवस्था परिमार्जन गरि काठमाडौं उपत्यकामा शाखा खोल्नु अघि मोफसलका ग्रामिण स्थानिय तहमा कम्तीमा २ वटा शाखा खोल्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्