मुना कार्की मृ’त्यु प्रकरणः परिवारका सदस्यले दिए जाहेरी

काठमाडौं : पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना र घरमा काम गर्न बसेका विजय चौधरीको मृ’त्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जा’हेरी दिएका छन् । पूर्वसचिव कार्कीले मङ्गलबार र विजयका परिवारका तर्फबाट जानकी चौधरीले बुधबार जाहेरी दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए ।

उनका अनुसार जा’हेरीमा घ’टनाको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरिएको छ । कि’टानी जा’हेरी भने नपरेको प्रहरीले जनाएको छ । ललितपुरको सानेपास्थित कार्कीको घरमा यही माघ २७ गते बिहान उहाँकी श्रीमती मुनाको ह’त्या भएको थियो भने चौधरीले झु’ण्डिएर आत्म ह’त्या गरेका थिए । आफ्नै घरको भान्सा कोठामा बिहान अ’चेत अवस्थामा भेटिएकी मुनाको उपचारका क्रममा स्टार अस्पतालमा मृ’त्यु भएको थियो ।

टाउकामा लागेको ग’म्भीर चो’टका कारण नि’धन भएको चिकित्सकले बताएका छन् । महानगरीय प्रहरी परिसरका अनुसार चौधरीले मुनालाई हि’र्काएर अ’चेत बनाई आफूले आत्म ह’त्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घरमा रहेको सिसी टिभीको दृश्यमा समेत सोही कुरा पुष्टि हुने प्रहरीले जनाएको छ ।

यद्यपि पोष्टमा’र्टम रिपोर्ट र फो’रेन्सिक ल्याबको रिपोर्ट नआएसम्म यकिन कारण भन्न नसकिने प्रहरी उपरीक्षक सिंहले बताए । उनीहरुको मोबाइल लगायत सामग्री अनुसन्धानका लागि पठाइएको समेत उनले बताए । चौधरी सानैदेखि सोही घरमा कामदारका रुपमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्