‘भ्रष्टाचार गर्ने र गराउने राष्ट्रका शत्रु’

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्र’ष्टाचार गर्ने र गराउने दुवै राष्ट्रका श’त्रु भएको बताउनु भएको छ । उहाँले नैतिकवान, मर्यादित र सभ्य समाजका लागि भ्रष्टाचार निर्मूल पार्नु पर्नेमा जोड दिनुभएको छ । अख्तियार दुरुपयोग अनु सन्धान आयोगको २९ औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले भ्र’ष्टाचारको बहुआयामिक दुष्चक्र नियन्त्रण नगरिँदा सार्वजनिक सेवा प्रवाह दुरुह बन्दै समुन्नतिको बाटो समेत रोकिँदै जाने बताउनु भयो । उहाँले राज्यबाट प्रदान गरिने सेवा, सुविधा र अवसरहरू जनताले सरल र सहज रूपमा प्राप्त गर्न तथा सरकारी एवं सार्वजनिक सम्पत्तिको संरक्षण र सदुपयोग गर्नमा आयोगको भूमिका अझ सशक्त हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, “भ्र’ष्टाचारमा देखिएका विभिन्न पात्र र प्रवृत्तिलाई पूर्णरूपमा निरुत्साहित नगरेसम्म राज्यले अपेक्षा गरेको सुशासन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय साझा आकाङ्क्षा प्राप्त गर्न कठिन हुन्छ।” उहाँले मुलुकमा भ्र’ष्टाचार नियन्त्रण गरी सुशासन र विधिको शासन कायम गर्न सबै क्षेत्रको सहकार्य र सहयोग जरुरी रहनेसमेत बताउनु भयो ।

उहाँले भ्र’ष्टाचारको स्वरूप र शैलीमा परिवर्तन हुँदै गइरहेकाले भौतिक स्रोत साधन र सवल जनशक्तिद्वारा अगाडि बढ्न आयोग अग्रसर हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो। राष्ट्रपति भण्डारीले आयोगको स्मारिका–२०७६ को लोकार्पण तथा आयोगका कर्मचारीहरू लाई ‘उत्कृष्ट अनुसन्धान कर्ता पुरस्कार’ र ‘उत्कृष्ट अख्तियार सेवा पुरस्कार’ प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्