सुनको भाउ फेरि ९ सय रुपैयाँले घट्यो

काठमाण्डाै – सुनको भाउ आज फेरि घटेको छ । हिजो तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ फेरि ९ सय रुपैयाँले घटेको हो । आज सुनकाे भाउ घ’टेर तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महा सङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको बजार अस्थिर भएकाले सुनको मूल्यमा उतारचढाव आइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै, आज चाँदीको भाउ पनि घटेको छ।चाँदी आज तोलामा ३५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो पनि, रिलायन्स फाइनान्सले लाभांश प्रस्ताव गर्यो : रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष ०७६/७७ का लागि कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको फागुन २० गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्तापूँजी रू. ८३ करोड २४ लाख १६ हजार रहेको छ। सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्