जीवनलाई ब’लिदान गछौँ, तर शहीदको सपना म’र्न दिँदैनौँ : नेत्रबिक्रम चन्द ‘विप्लव’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले आफूहरु जीवनलाई ब’लिदना दिन तयार रहेको तर शहीलको सपना म’र्न नदिने बताउनु भएको छ । सरकारसँग सहमतिको हस्ताक्षर गर्न राष्ट्रिय सभामा उपस्थित भएका महासचिव चन्दले सभालाई सम्बोधन गर्दै शहीदको सप’ना कुनै पनि हालतमा म’र्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘शहीदहलाई यो बिश्वास दिलालउँकी हामी जे सपना देखेर आ’न्दोलनमा लाग्यौँ, हामी जीवनलाई ब’लिदान गछौँ, तर शहीदको सपना म’र्न दिँदैनौँ हाम्रो त्यो प्रतिबद्धता छ। उहाँले आ’न्दोलनका बे’पत्ता, घा’इते र अ’पाङ्ग यो’द्धाहरुलाई सम्झनु पर्ने सम्मान गर्नु पर्ने र उनीहरुको चाहनाहरुलाई पूरा गर्नु पर्ने बताउनु भयो ।

उहाँले अहिले पनि आफ्ना डेढसय कार्यकर्ता तथा नेताअरु जेलमा रहेको र उनीहरु छिटै छुट्ने, केही छुटेको भन्दे खुसी ब्यक्त गर्नुभयो। उहाँले अब मुक्त आकाशमा मिलन हुने बताउनु भयो । त्यसका लागि नेपाल सरकारको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी र आफ्नो नेतृत्वको नेकपा दुवैले आफ्नो जिम्मेवारी पूरा गरेको अनुभूति भएको बताउनु भयो ।

उहाँले मृत्युको नजिक नर्फर्कीएको. र सबैभन्दा कठिन परिस्थिती नभेलेको नेकपाको कुनै नेता नभएको बताउनुभयो । धेरैको सपना पूरा भएको तर शहीदको चाहना कहिल्यौ पूरा नभएको भन्दै अब श’हीदको सपना पूरा गर्न आफू बिचल्लीत नहुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्