सवारी दु’र्घटनामा परि नायिका महिमा सिलवालको दिदि बहिनीकै मृ’त्यु , परिवारमा रुवाबासी !

काठमाडौं: नायिका महिमा सिलवालको दु’र्घटनामा मृ’त्यु भएको छ। बुधबार साँझ करिब पौने ५ बजे भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ख १३५ नम्बरको बसले धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बासमा नायिका महिमा चढेको स्कुटरलाई ठ’क्कर दिँदा नायिका महिमाको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए।

बसको ठ’क्करबाट ढलेकी महिमालाई उपचारका लागि गजुरी स्वास्थ्यचौकी लैजादै गर्दा बाटैमा मृ’त्यु भएको उनको भनाइ छ। स्कुटरमा पछाडि बसेकी सर्मिला सिलवालको पनि उपचारका क्रममा काठमाडौंको ट्रमा सेन्टरमा मृ’त्यु भएको पाण्डेको भनाइ छ। भरत पुर महानगरपालिका–१२ शिवनगरकी महिमाले ‘कारवाही’ चलचित्रबाट डेब्यु गरेकी थिइन्।

त्यसपछि उनले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’लगायत चलचित्रमा काम गरेकी थिइन्। उनले एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा पनि काम गरिसकेकी थिइन् । बस्नेतका अनुसार स्कुटरमा सिलवाल सहित उनकी बहिनी सर्मिला सिलवाल पनि सवार थिइन् । उनीहरु काठमाडौँबाट चितवन घर जाँदै थिए ।

प्रतिक्रिया दिनुहोस्