मेलम्चीको पानी बागमतीमा बगेको दिन, प्रधानमन्त्रीले भन्नुभयो- ‘यो लड्डु खाने खुशी हो’

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाण्डौमा ल्याउने काम नेपालका लागि नयाँ सिकाइ र महत्वपूर्ण काम भएको बताउनु भएको छ। मेलम्ची खोलाको पानी काठमाण्डौको वाग्मती नदीमा बगाउने कामको उद्घा टन समारोहमा प्रधानमन्त्री ओलीले नेपालमा नयाँ प्रविधिको प्रयोग गरी एक ठाउँको पानी अर्को ठाउँमा पुर्याउने काम भएको बताउनुभयो ।

आफ्नो सबै कपाल कालै हुँदा सुरु भएको योजना आफ्नो सबै कपाल सेतै भएपछि आइपुगेको भन्दै उहाँले लामो समयमा हुन नसकेको काम आफू नेतृत्वको सरकारले गरेको बताउनुभयो । उहाँले कोशीमा बग्ने पानी वाग्मतीमा बग्न थालेको र यो पानी उपत्यकाबासी लाई दिएको भन्दै मेलम्ची प्रभावित क्षेत्रका बासिन्दालाई धन्यवाद दिनुभयो ।

‘यो लड्डु खाने खुशी हो’ : प्रधानमन्त्री ओलीले आजको दिन लड्डु खाने किसिमको खुशी भएको बताउनुभयो। काठमाण्डौका बासिन्दाले मेलम्ची खोलाको पानी पिउन पाउने कुराको ग्यारेण्टी भएको दिन भन्दै उहाँले अब काठमाण्डौबासीले केही समयभित्रै मेलम्चीको पानी प्रयोग गर्न पाउने बताउनुभयो । उहाँले आगामी शिवरात्रिसम्म वाग्मतीमा सफा पानी बग्ने पनि बताउनुभयो ।

यस्तै उहाँले केही परीक्षण सम्पन्न गरेर चाँडै काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने बताउनु भयो । पानी काठमाण्डौ ल्याउने तथा वितरणको क्रममा कुनै दुर्घटना हुन नदिइ काम गरेर केही समयमै पानी वितरण हुने उहाँको भनाइ छ । त्यसपछि काठ माण्डौबासीले पानीको हाहाकार भोग्नु नपर्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले आफूहरुले काममा मात्रै ध्यान दिएकोले अहिलेसम्मकै धेरै उपलब्धीहरु प्राप्त भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्