नाम जोडियो पलसँग बिहे डाक्टरसँग, फाल्गनु २९ मा आँचलको बिहे

काठमाडौं : चर्चाकी नायिका हुन् आँचल शर्मा। निकै लामो समय देखि नायक पल शाहसँग उनको नाम जोडेर प्रेम स’म्बन्धका कुरा बाहिर आए । दुबै जनाले मिल्ने साथी मात्र भएको दावी गरिरहे । कतिपय मिडियाले प्रेम सम्बन्धमा रहेको ठोकुवा गरेपनि दुबैले मायामा नभएको र राम्रो सम्बन्धको साथी मात्र रहेको बताउँदै आएका थिए ।

अन्तत यो कुरालाई नायिका आँचल शर्माले पुष्टि गरि दिएकी छिन् । उनले आउँदो फाल्गुन २९ मा डा. उदिप श्रेष्ठसँग बिहे गर्ने मिति तय गर्दै पलसँग प्रे’म नभएको पुष्टि गरेकी हुन् । पलको तर्फबाट प्रेम थियो या थिएन त्यो यी दुबैलाई थाहा होला अझ पल लाई नै थाहा होला । बुढानिलकण्ठमा रहेको होटल पार्क भेन्यूमा आँचलको बिबाहको रमझम हुने पारिवारीक स्रोतले बताईएको छ ।

यस्तै बिबाहको दोश्रो दिन फागुन ३० गते आँचल र उदिपले पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिन लागेको पनि बताईएको छ । फिल्म नाई नभन्नु ल ४ मा पल शाहसँगै अभिनयमा डेब्यु गरेकी आँचलले दर्जन बढि फिल्ममा अभिनय गरि सकेकी छिन् । सयौं को हाराहारीमा उनले भिडियोमा कम गरेकी छिन् । फिल्मबाट जति चर्चामा आए उनी त्यति पल शाहसँग नाम जोडिएकै कारण आएकी थिईन् ।

हालै ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगे दाउ’ फिल्म सकाएकी आँचल अहिले ईन्गेजमेन्ट पछि बिहेको तयारीमा जुटेकी छिन् । उनले अहिले कुनै फिल्म वा भि’डियोमा काम गरेकी छैनन् । बिहे पछाडी वातावरण अनु’कुल बनाएर फि’ल्ममा फर्कने उनको सोच छ । बिहे पछाडी पल शाहसँगै उनलाई देख्न सकिएला की नसकिएला भन्ने दर्शकमा कौतुहलता बढेको छ । हामीले यो समाचार फिल्मी फन्दा डटकमवाट साभार गरेका हौ ।

प्रतिक्रिया दिनुहोस्