हामी छुट्टिन चाहेका थिएनौं, सर्वोच्चले छु’ट्याइ दियो : झलनाथ खनाल

काठमाडौं : नेकपाको प्रचण्ड– माधव समूह सर्वोच्च अदालतको फैसला अनुसार एमाले र माओवादी केन्द्र दल बनाई पार्टी सञ्चालन गर्ने निर्णयमा पुगेका छन् । प्रचण्ड–माधव पक्षको सोमबार बसेको स्थायी कमिटीको बैठकले दुई दलले आ–आफ्नो तरिकाले पार्टी सञ्चालन गर्ने निर्णय गरेको हो।

अदालतको फै’सला स्विकार्दै पुनरावलोकन समेत गर्ने नेता झलनाथ खनालले बताए । पेरिसडाँडामा बसेको बैठकपछि नेता खनालले राजनीतिक तरिकाले फैसला भएकाले पुनरावलोकन गर्ने बताए । एमाले र माओवादी केन्द्रको एकीकरण नभएको जनाउँदै सर्वोच्चले आइत बार फैसला सुनाएको थियो। नेता झलनाथ खनालले आफूहरुको एकतालाई सर्वोच्च अदालतले छुट्याइदिएको टिप्पणी गरेका छन्।

खनालले भने ‘हामी छुट्टिन चाहेका थिएनौं, सर्वोच्चले मिलेको पार्टीलाई छुट्याइदियो।’ अदालतले गरेको यो फैसलालाई कार्यान्वयन गर्छौँ । तर साथ साथै यसप्रति हाम्रो गहिरो असहमति रहेको कुरा पनि प्रकट गर्छौँ । संवैधानिक हिसावले पनि अब आफूहरु पुराना पार्टीमा फर्कनु परेको उनले बताए। नेकपाको रुपमा आजको स्थायी समिति बैठक नै अन्तिम भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्