मलेसियामा गैरकानूनी रुपमा बसेका नेपाली सहित २ सय बढी श्रमिक प’क्राउ

दोहा– मलेसियाको अध्यागमन विभागले गैरकानूनी रुपमा बसेका नेपालीसहित २ सय ५ आप्रवासी श्रमिकलाई प’क्रा उ गरेको छ ।अध्यागमनले त्यहाँको पुडु अपार्टमेन्टमा छापा मारेर उनीहरु प’क्रा उ गरेको हो। प’क्रा उ पर्नेहरुमा नेपाल, बंगलादेश र इन्डोनेसियाका रहेका छन् । प’क्रा उ परेकाहरुसंग वैध कागजात, पास वा अनुमतिपत्र केही नभएको विभागलाई उदृत गर्दै मलेसियाबाट प्रकाशन हुने द स्टार पत्रिकाले जनाएको छ ।

प’क्रा उ गरिएका केही व्यक्तिहरू २०१६ देखि गैर कानूनी तरिकाले त्यहाँ रहेको बताइएको छ। प’क्रा उ गरिएकाहरु २० देखि ४० वर्ष उमेर समूह बीचका रहेका विभागले जनाएको छ। क्वालालम्पुर अध्यागमन निर्देशक हमीदी आदमका अनुसार जनताबाट गुनासो आएपछि विभागले उक्त अपार्टमेन्टमा छा’पा मा’रेर उनीहरुलाई प’क्रा उ गर्न सफल भएको हो । उनीहरुलाई थप अनुसन्धानका लागि क्वालालम्पुर अध्यागमन मुख्यालयमा पठाइएको निर्देशक हमीदीले बताए ।

प’क्रा उ परेकाहरुको परिचय खुलाइएको छैन । मलेसियाले गैरकानूनी रुपमा बसेका नेपालीसहित आप्रवासी कामदारलाई गत डिसेम्बरदेखि नै स्वदेश फर्किने मौका प्रदान गरेको छ । मलेसिया सरकारले त्यहाँ गैर कानूनी रुपमा रहेका कामदारहरुको व्यवस्थापनको लागि रिक्यालीब्रेसन कार्यक्रम घोषणा गरेर स्वदेश फर्काई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्