१ हजार ५ सय २० छात्रालाई साइकल उपहार

काठमाडौं, फागुन २४ गते । १११औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर प्रदेश २ सरकारले ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत कक्षा ८ का छात्रालाई साइकल वितरण गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोम बार आयोजना गरेको एक समारोहका बीच मुख्यमन्त्री लालबाबु राउतले धनुषा जिल्लाको २७ विद्यालयका एक हजार ५२० छात्रालाई साइकल प्रदान गरिएको दाबी गरिएको छ।

साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले महिला सशक्त भए मात्र प्रदेशको विकास सम्भव हुने बताउनुभयो । उहाँले धनुषाबाट सुरु गरिएको साइकल वितरण कार्यक्रम प्रदेश भरिका सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययन रत्त छात्रालाई समेट्ने जानकारी दिनु भयो । “साइकलले महिला सशक्त हुँदैन, तर समाजिक रुपान्तरणको लागि सहयोगी हुन्छ ।” – भन्नुहुँदै मुख्यमन्त्री राउतले साइकल वितरणलाई रुपान्तरणको पहिलो खुड्किलाको रुपमा लिनुपर्ने बताउनुभयो ।

महिला हिं’सा, दा’इजो प्रथा, वाल वि’वाह जस्ता कु’रीति वि’रुद्धको कानूनलाई सशक्त रुपमा पालना गरेर अघि बढ्नुपर्ने धारणा उहाँको थियो। उक्त कार्यक्रममा ए’सि ड पी’डित धनुषाका आरती साहलाई सम्मान गरिएको छ। बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत यस वर्ष पनि कक्षा ८ मा अध्ययनरत्त २० हजार छात्राहरुलाई साइकल वितरण गर्न लागिएको हो। यसअघि २०७५÷०७६ मा २ सय ६१ विद्यालयका १४ हजार छात्राहरुलाई सो अभियान अन्र्तगत साइकल वितरण गरिएको थियो । प्रदेश २ प्रदेशसभाका उप सभामुख उपमा देवको अध्यक्षतामा साइकल बितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्