को हुन् दिल्ली बढार्ने केजरीवाल ?

बीबीसी। भारतको दिल्ली विधान सभा चुनावमा फेरि एकपल्ट अरविंद केजरीवाल नेतृत्वको आम आदमी पार्टीले जीत हासिल गरेको छ। पार्टीले सामान्य मानिसका दैनन्दिन कुरा अगाडि सारेर चुनाव लड्यो र ७० मध्ये ६२ सिटमा जीत हासिल गर्न सफल भयो। पार्टीको टक्कर सीधा–सीधा केन्द्रको सत्ताधारी दल बीजेपीसँग थियो। यस्तो अवस्थामा केजरीवाल र उनको चुनावी रणनीति तारिफयोग्य छ।

केजरीवालको पार्टी र्‍याली, धर्नाजस्ता शान्तिपूर्ण गतिविधिबाट करिब ८ वर्षअघि राजनीतिमा आएको हो। पार्टीले सन् २०१३ मा दिल्ली विधानसभा चुनाव लडेर जीत हासिल गरेको थियो। तर, जनलोकपालको विषयलाई लिएर केजरीवालले केही सातामै राजीनामा दिए । त्यसपछि सन् २०१५ मा पार्टीले दिल्लीमा सरकार बनायो। तर, यसपटक पनि विवादबाट टाढा रहन सकेन पार्टी।

कहिले केजरीवाल दिल्ली सरकारको अधिकारलाई लिएर राज्यपालसँग उल्झनमा परे त कहिले पुलिस दिल्ली सरकारको मातहत ल्याउनुपर्ने माग राखेर वि’वादमा परे। दिल्लीलाई राज्य बनाउने माग गरेर पनि केजरीवाल वि’वादित भए। आम आदमी (आम मानिस) को अनुहार लिएर राजनीतिको अखडामा उत्रेका केजरीवालले यस पटकको विधान सभा चुनावमा वि’वादबाट टाढा रहने पूरा कोशिश गरे।

बीजेपीको साम्प्रदायिक मुद्दामा घुमिरहेको राजनीतिको अगाडि उनले स्थानीय मु’द्दा उठाए। यसबाट के सावित हुन्छ भने समयसँगै केजरीवाल एक नेताको रूपमा अझ परिपक्व भएका छन् । राजनीतिको मैदानमा अरविंद केजरी वालले ठूलै प्रगति गरेका छन्। आम आदमी पार्टी अर्बन गभर्नेन्स पार्टीको रूपमा अगाडि आएको छ। दिल्लीजस्तो शहरी इलाका धेरै भएको प्रदेशमा पार्टीले पाँच वर्षमा अभूतपूर्व उपलब्धि हासिल गरेको छ।

यही उपलब्धिलाई आधार बनाएर केजरीवालले निर्भयपूर्वक चुनाव लडे। भाजपाले त उनको खिलाफमा विषाक्त अभियान चलायो। हिन्दू र मु’सलमान बीच मतभेद पैदा गर्ने कोशिश गर्‍यो। हिन्दूको ध्रुवीकरण अफ्नो पक्षमा पार्ने, मु’सलमानको ध्रुवीकरण आम आदमी पार्टीको पक्षमा हुनबाट रोक्ने र मु’सलमान भोट विभाजन गर्ने रणनीति भाजपाको थियो। तर, केजरीवालको रणनीति भाजपाको यो रणनीति विफल बनाउन सफल भयो।

एक सरकारी अधिकारी केजरीवालको राजनीतिमा प्रवेश नै विरोध प्रदर्शनको बाटोबाट भएको थियो। पछिल्ला ६ वर्ष हेर्ने हो भने २ नेताको नेतागिरी खुब चम्केको छ भारतमा, मोदी र केजरीवालको । दुवैको उदय सँगसँगै भएको हो र दुवै राजनीतिमा स्थापित हुँदै गए। तर, केजरीवाल मोदीभन्दा कैयौं कुरामा अलग छन्। नरेन्द्र मोदीको पछाडि राष्ट्रिय स्वयंसेवक संघ र उसको पूरा तन्त्र छ।

आम आदमी पार्टीको तुलनामा बीजेपी निकै पुरानो पार्टी हो र उसका कार्यकर्ता पनि कैयौं गुणा बढी छन्। देशका ठूला ठूला पूँजीपति पनि मोदीको साथमा छन्। केजरीवालको कुरा फरक छ। उनको पार्टी गरिबको पार्टीको रूपमा स्थापित भएको छ।कुनै जाति या समुदाय यो पार्टीको राजनीतिक पूँजी होइन। भारतका सबैजसो पार्टीको केही न केही राजनीतिक पूँजी छ, कोही न कोही जाति या समुदायले उसलाई समर्थन गर्छ।

आम आदमी पार्टीको साथमा भने यस्तो कुनै राजनीतिक पूँजी छैन र कुनै समुदायको समर्थन उसलाई छैन। साथै जुन राज्यमा उसले राजनीति गर्छ, त्यो राज्य पनि अन्यभन्दा अलग छ । यसै कारण पनि उसको राजनीति अलग भएको छ । आम आदमी पार्टीको केन्द्रीय तत्व नै शहरी सुशासन अर्थात् अर्बन गभर्नेन्स हो र उ यसमै केन्द्रित छ। शिक्षा, स्वास्थ्य, यातायातजस्ता क्षेत्रमा केजरीवालको पार्टीको प्रदर्शन राम्रो छ। यही प्रदर्शनले बढारिदियो भाजपालाई।

आम आदमी पार्टीले पहिलोपटक सरकार बनाउँदा बजेटमा शिक्षा, यातायात, स्वास्थ्यजस्ता सामाजिक क्षेत्रमा प्रशस्त रकम छुट्यायो। केन्द्र सरकार तथा देशका अन्य कुनै राज्यले यस्तो गरेका थिएनन्। शिक्षा स्वास्थ्य, यातायात क्षेत्र निजी क्षेत्रलाई दिनुपर्छ भन्ने बहस चलिरहँदा आम आदमी पार्टीले एक कदम अघि बढेर यसको जिम्मेवारी आफैंले लियो र सुधारको प्रयास थाल्यो। मानिसहरूले यसको लाभ उठाउन पाए। पार्टीले अर्बन गभर्नेन्स तथा वेलफेयर सरकारको एक नयाँ मोडल पेश गर्‍यो।

मोदी तथा कांग्रेसको वेलफेयर सरकारको मोडलभन्दा यो अलग छ। गत वर्ष केन्द्र सरकारले नागरिकता संशोधन कानुन लागू गर्ने घोषणा गर्‍यो। यसको विरोधमा देशभर प्रदर्शन भयो। तर दिल्लीको शाहीन बागमा महिलाले गरेको विरोध प्रदर्शनको खास चर्चा भयो। दिल्ली विधान सभा चुनावको तयारी तिव्र भइरहेका बेला यो प्र’दर्शन भएको थियो। केजरीवालले न यसको समर्थन गरे, न वि’रोधमा नै केही बोले। भाजपा शाहीन बाग मु’द्दालाई रणनीतिक रूपमा उठाउन चाहन्थ्यो तर उ सफल भएन।

जुझारू पार्टी : २०१५ को चुनावको तुलनामा यस वर्ष बीजेपीले राम्रो प्र’दर्शन गरेको छ। त्यतिबेला ३ सिटमा खु’म्चिएको पार्टीले अहिले ८ सिट जितेको छ। यसको मतलब केजरीवालको समर्थन कम भएको हो ? पाँच वर्ष सरकार चलाउँदा पनि केजरीवालको पार्टीको खि’लाफमा राज्यपाल यसरी ल’डिरहे मानौं, उनी विपक्षी दलका नेता हुन्। बीजेपी त विरोधी थियो नै, मिडियाको एउटा ठूलो तप्का, पुलिस, सीबीआई, एनफोर्समेन्ट डाइरेक्टरेटसँग पनि ल’ड्नुपरेको थियो आपले।

यति धेरै विरोधीलाई परास्त गरेर उसले ६२ सिट जितेको छ । बीजेपीले त अफ्ना सबै मुख्यमन्त्री तथा शीर्ष नेताहरूलाई दिल्लीको मैदानमा उतारेको थियो । त्यसो त चुनाव प्रचारमा करोडैं रूपैयाँ खर्च गरेको आरोप पनि लागेको छ केजरी वाललाई । तर यो कुरा बुझ्नुपर्छ– राजनीतिक दाउपेच खेल्ने मामलामा २ वटा कुरा जरूरी छ । यदि तपाईंले काम केही गर्नु भएको छैन तर प्रचारमात्र गर्नुभएको छ भने सफलता मिल्दै मिल्दैन। र, यदि तपाईंले काम मात्र गर्नुभो तर त्यसको प्रचार गर्नुभएन भने पनि राजनीतिक दाउपेच बेकार हुन जान्छ।

राजनीतिमा कुनै एउटा काम गरेर सफल हुन सकिन्न। राजनीतिमा राम्रो शासन गर्नुका अलावा रणनीति पनि बनाउनुपर्ने हुन्छ, विपक्षीको रणनीति पनि बुझ्नुपर्ने हुन्छ। मिडियाको सदुपयोग गर्नुपर्ने हुन्छ र सामाजिक समीकरण पनि बनाइ राख्नु पर्ने हुन्छ। चुनावी रण नीति बहुआयामिक हुन्छ। अब धेरैको अशा छ- आपले दिल्लीबाट अन्त पनि आफ्नो हातखुट्टा फैलाउने छ।

प्रतिक्रिया दिनुहोस्