जीवन एक चक्का हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ : महाकबी क्ष्मीप्रसाद देवकोटा

काठमाडौं : लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६ – २०१६) को जन्म काठमाडौंको डिल्लीबजारमा भएको थियो । उनी नेपाली साहित्यका महाकविका रूपमा सु–प्रसिद्ध छन् । देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए ।

देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि ट्युसन पढाएर पैसा कमाउँछु ।’ तर उनी चाहिँ जन्मेदेखि नै रोगी थिए । देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए । उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे ।

आफ्ना बुबाको कविता सार्दा सार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो । उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए । देवकोटा सन् १९६६ मा जन्मिँदा, देशमा राणा शासन थियो। राणाहरू चाहन्थे, ‘जनताहरूले शिक्षा नपाउन् ।’ तर, धेरै चोटिको प्रयत्नपछि देवकोटाको परिवारले उनलाई काठमाडौं उपत्यकाको एकमात्र विद्यालय दरबार हाइस्कूलमा भर्ना गरिदिए। देवकोटा दरबार हाइस्कूल नै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे ।

देवकोटा पण्डित तीलमाधव र अमर राज्यलक्ष्मी देवीका तेस्रा छोरा थिए । उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अद्वितिय कृतिहरू लेखेका छन् । विशेष गरी मुनामदन कृतिका लागि उनी सबै भन्दा प्रख्यात छन्। यहाँ हामीले तिनै महाकवि देवकोटाका केही उत्कृष्ट भनाईहरु उल्लेख गरेका छौँ । जुन भनाई तपाईंका लागि पनि उप योगी बन्न सक्छन् ।

मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन । कुनैपनि मानिसको सबै आत्मा बुझाउन सक्ने विद्या अहिलेसम्म निस्केको छैन । सत्यका लागि त्याग गर्न जसले सक्दैन उ कदापी वीर हुन सक्दैन । खराब चिजबाट पनि असल कुरा लिन सक्नु महानता हो। चुलीलाई ताक्नु, तिर्सना राख्नु र उचाइतिर लम्कनु नै पर्वता रोही हो । दर्शन भय हो कविता सत्य हो । घर चिन्न घर छाडौँ तर, घर नबिर्सौँ । जीवन एक चक्का हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ । मेरो दिलमा गहिरो घाउ छ, अब न त्यसको उपचार गर्ने कुनै डाक्टर छन् न मेरो कुनै भाउ छ ।

प्रतिक्रिया दिनुहोस्