एकै दिन चीनको हुबे प्रान्तमा २४२ को मृ’त्यु, सं’क्रमितको संख्या ४८ हजार नाघ्यो

वुहानः चीनको हुबेइ प्रान्तमा नयाँ कोरोना भाइरस सं’क्रमण भएका २ सय ४२ जनाको बुधबार मृ’त्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। साथै उक्त भाइरसबाट मृ’त्यु हुनेको संख्या १ हजार ३ सय ५० पुगेको छभने बिरामीको संख्या झन्डै ६० हजार पुगिसकेको छ । कोभिड–१९ नाम दिइएको उक्त भाइरस प्र’कोप फैलिएपछि एकै दिनमा मृ’त्यु हुनेको यो सर्वाधिक संख्या हो ।

नयाँ सं’क्रमण भएका मानिसको संख्याा पनि ह्वातै बढेको छ । साथै थप १४ हजार ८ सय ४० मानिसहरुमा उक्त भा’इरसको सं’क्रमण भएको पुष्टि भएको छ । चि’नियाँ सरकारी सञ्चार माध्यमका अनुसार यसैबीच चिनियाँ क’म्युनिस्ट पार्टीले हुबेइ प्रान्तका सचिव हटाएर शाङगाईका पार्टी प्रमुखलाई पठाइएको छ । हुबेमा कोरोना भाइरसको प्र’कोप फैलिएपछि पार्टी पदाधिकारीमा गरिएको यो सबैभन्दा ठूलो परिवर्तन हो ।

केही दिनअघि सरकारले स्वास्थ्य सेवाबाट केही अधिकारीलाई पदमुक्त गरेको थियो। चीनमा भाइरस सं’क्रमित भएका मध्ये ८० प्रतिशत मानिस हुबेइका छन। उक्त प्रान्तले अहिले चिकित्सकीय रूपमा रोग निदान भएका मानिसलाई मात्र सं’क्रमण पुष्टि भएको तथ्या ङकमा राखेका छन् । नयाँ सं’क्रमण भएका कुल १४ हजार ८ सय ४० मध्ये १३ हजार ३ सय ३२ जनामा नयाँ विधिबाट रोग लागेको पुष्टि भएको थियो। अहिलेसम्म उक्त प्रान्तमा सं’क्रमण भएका व्यक्तिको संख्या ४८ हजार २ सय ६ पुगेको छ

प्रतिक्रिया दिनुहोस्