कुवेतमा ८ नेपाली पु’रिएपछि कम्पनीमा कामदारको धर्ना, ५ नेपालीको ज्या’न गएको दावी

काठमाडौं। कुवेतमा निर्माणस्थलमा दु’र्घटना हुँदा नेपाली सहितका कामदार पुरिएपछि कम्पनीमा कार्यरत कामदारहरु प्रद’र्शनमा उत्रिएका छन् । उनीहरुले कामदारको सु’रक्षामा ध्यान नदिइएको भन्दै कम्पनी अगाडि धर्ना दिएका छन् । दुर्घ टनामा १३ जना कामदार परेको बताइएको छ । यद्यपि यसको पुष्टि हुन सकेको छैन । अरब न्यूजले १० जना कामदार परेको समाचारमा जनाएको छ ।

कुवेतको ८० नम्बर रोड अल मुतल्लामा चिनियाँ कम्पनी सीजीजीसीका कामदारहरु दु’र्घटनामा परेका हुन् । अरब न्यूजले ४ नेपाली कामदारको मृ’त्यु भएको, ३ जना घा’इते भएको र तीन जना पु’रिएकै अवस्थामा हराइ रहेको लेखेको छ तर त्यहाँ रहेका नेपाली कामदारले भने ज्या’न गुमाउने नेपालीको संख्या बढी भएको दा’वी गरेका छन् । सीजीजीसी कम्पनीले सडक विस्तारको काम गर्छ ।

यही कम्पनीमा कार्यरत अर्घाखाँचीका मधु खनालका अनुसार कम्पनीमा करिब ५ हजार कामदार कार्यरत छन् । जसमध्ये २ हजार बढी नेपाली कामदार कार्यरत छन्। नेपाली बाहेक बंगलादेशी, भारतीय र पाकिस्तानी कामदारहरु कम्पनीमा कार्यरत छन्। खनालका अनुसार दु’र्घटना हुने बेला १३ जना कामदारहरुले काम गरिरहेका थिए । काम चल्दै गर्दा अ’चानक माटो खस्न थालेको देखेपछि ३ जना कामदार चि’च्याउँदै भागेका थिए ।

उनीहरु सकुशल छन् । २ जनालाई भने टाउको भाग सम्म पु’रिएको अवस्थामा उ’द्धार गरिएको हो । उनी हरुलाई उपचारको लागि अस्पताल पुर्याइएको छ । घ’टनामा ८ नेपाली कामदार परेको आफूले थाहा पाएको खनालले बताएका छन् । जानकारी अनुसार ढलको पाइप बिच्छ्याउने तेन्जर मेसिनले ४/५ मिटर नाला खनेको थियो त्यसैमा उनीहरुले काम गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्