विमानमा नेपाली यात्रु बे’हाेस भएपछि हङकङमा आकस्मिक अवतरण

हङकङ: काठमाडाैंको नियमित उडानको क्रममा आरए ४१० को उडानबाट काठमाडौं तर्फ उड्ने क्रममा एक नेपाली यात्रु अ’चानक बे’होस भएपछि हङकङ विमानस्थलमै पुन: अवतरण गराईएको छ। हङकङको युनलोङमा बस्दै आएका नेपालकाे खोटाङ साकेलाका स्थायी बासिन्दा नेपाली राहदानी बाहक ४९ वर्षीय डिक प्रसाद राई मंगलबार हङकङ विमानास्थलबाट टेक अफ भएको १ घन्टा २० मिनेटमा अचानक बेहोस भएका नेपाल एयरलाईन्सका स्टेसन म्यानेजर सुमन कुमार बैद्यले बताए।

बैद्यले बने ‘क्याप्टेनले जहाजका यात्री अचानक बेहोस भए पछि हङकङ मोडेर आपतकालीन अवतरण गराए, हामीले बिरामीको अध्यागमन क्लियरेन्स गरि एम्बुलेन्स बोलाएर नजिकैको लान्ताउ अस्पतालमा पठाईदियौँ।’ उक्त घटनालाई कोरोना भाईरसको प्रकोपसँग जोडेर विभिन्न किसिमका अनुमान गरिदैछ नि? भनी नेपालखबरले सोधेको प्रश्नमा बैद्यले भने, ‘कोरोना भाइरस भएको कुनै जानकारी आएको छैन।’

क्याप्टेनको भनाई अनुसार उनलाई हृदयघात हुन सक्छ। साथै डाक्टरले बिरामीको स्थिती नाजुक भएको जानकारी गराएका छन। उनलाई आफन्तहरुकाे जिम्मा लगाइएकाे छ । ‘हाई अल्टिच्युटका कारण पनि उनलाई हृदयघात भएको हुन सक्छ, तथापी उनको बिग तका स्वस्थ्य विवरणबारे भने हामी अनभिज्ञ छौं’ उनले भने। उक्त घटनाले उडान निर्धारित समय भन्दा ५ घन्टा ढिलाई भएको थियो।

बिरामीको हेरबिचार गरिरहेका उनका आफन्त किरात राई यायोख्खा हङकङका भुपु अध्यक्ष रजिन राईले बिरामीलाई प्रीन्स मार्गरेट अस्पतालमा सारिएको बताए। उक्त अस्पतालमा हङकङका पहिलो व्यक्ति कोरोना भाईरस स’ङ्क्रमणबाट मृ’त्यु भएको थियो। नेपा ली समुदायमा उक्त घ’टनालाई कोरोना प्रकोपसँग जाेडेकाे बारे राईले भने ‘त्यो निराधार हो, यो घटना स्याल कराउनु र बाख्रा हराउनु भन्ने उखान जस्तै हो।

प्रतिक्रिया दिनुहोस्