पशुपति शर्माको लुट्न सके लुट भाग २ ‘जतानी चोर, चोर जति सबैलाई हाल्ने पर्छ खोर ‘सार्बजनिक

काठमाडौं : चर्चित गायक पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ। गायक पशुपति शर्माको सुमधुर स्वरमा ‘जता नी चोर’ बोलको गीत बिहीबार यु’ट्युबमा सार्वजनिक भएको हो । ‘जतानी चोर, चोर जति सबैलाई हाल्ने पर्छ खोर ‘बोलको गीतमा राजनीतिक रुपमा हुने गतिबिधि लाई प्र’हार गरिएको छ ।

देशका लगी लडेम भन्छन बसेम भन्छन जे’लमा, आखिरीमा बस्या रैछन देशै लुट्ने खेलमा । सालासाली काका भतिज यिनका इस्ट मित्र ,कति छिट्टै सेटिंग गर्छन यिनले भित्र भित्र गीतमा भनिएको छ । यस गीतमा गायक शर्मा कै शब्द र संगित रहेको छ। गीत लाई एरेन्ज केशब बडुले गरेका छन् । गीतको भिडियोमा भने गायक पशुपति शर्मा लगायतका कलाकारहरु देखिएका छन् ।

गीतको भिडियोलाई छयाँकन र निर्देशन दुर्गा पौडेलले गरेका छन् । भिडियो लाई सम्पादन भने नविन घर्तीमगरले गरेका छन् । पशुपति शर्माको लुट्न सके लुट गीतमा प्रयोग भएका केही शब्दमा असहमति जनाउँदै सत्तापक्षका कार्यकर्ताले तीव्र वि’रोध र आलोचना गरेका थिए । भिडियो यहा छ

प्रतिक्रिया दिनुहोस्